जेन्जीको बलिदान मध्यावधि चुनावका लागि मात्रै होइन : सागर ढकाल

युवा नेता सागर ढकालले प्रधानमन्त्री सुशीला कार्कीलाई उद्दृत गर्दै जेन्जी आन्दोलनले दिएको बलिदानलाई केवल मध्यावधि चुनावमा सीमित गर्न नमिल्ने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “प्रधानमन्त्री ज्यु, जेन्जीले मध्यावधि चुनावको मात्र माग गरेर यति ठुलो बलिदानी गरेका थिएनन्। आन्दोलनकारीको माग पूरा नगरी कसरी अगाडि जान सकिन्छ ? यत्रो विश्वकै ऐतिहासिक क्रान्ति मध्यावधि चुनावकै लागि मात्र हो भने आन्दोलनले होइन, राष्ट्रपतिले तपाईंलाई प्रधानमन्त्री बनाएका हुन् भन्ने बुझिन्छ।”

ढकालले जेन्जी नेताहरूले आन्दोलनको मूल मागमा सम्झौता नगरी पछि हट्नु ठूलो गल्ती भएको उल्लेख गर्दै आफूले पनि आन्दोलनकारीलाई सम्झौता नगर्न आग्रह गरेको बताएका छन्। उनले राष्ट्रपतिले प्रक्रियालाई अल्झाउने काम गरेको र जेन्जीसमेत त्यसमा फसिएको टिप्पणी गर्दै अझै पनि ढिलाइ नभएको दाबी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिपक ज्ञवाली
लेखकको बारेमा

दिपक ज्ञवाली

ज्ञवाली नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?