इम्बोस्ड नम्बर प्लेट जडान कार्य रोक्न माग ।

काठमाडौँ । बुधबार प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य रोक्न माग गरेका छन् । उनले आवश्यक पूर्वाधार प्रविधि र जनचेतना सुनिश्चित गरेपछि मात्र चरणबद्ध रूपमा अगाडि बढाउन माग रहेका छन् । 

नेम्वाङले भने– ‘सरकारले तत्काल इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन स्थगित गरी, आवश्यक पूर्वाधार, प्रविधि र जनचेतना सुनिश्चित गरेपछि मात्र चरणबद्ध रूपमा अघि बढाइयोस् ।’ 

गाडी किन्नासाथ उच्च कर, हरेक वर्ष अनिवार्य बिमा, सडक कर तिर्न लामो लाइन, र लाइसेन्स बनाउन फारम, परीक्षा र लामो प्रतीक्षा झेलेका जनताले इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयनले थप सास्ती, हैरानी र झन्झट व्यहोर्नुपर्ने बताए । इम्बोस्ड नम्बर प्लेटको उद्देश्यबारे जनताको तहबाट प्रश्नहरू उठेका नेम्वाङले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?