अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा एउटा आचार्यशक खबर यतिबेला बाहिरिएको छ । श्रीमानले आफ्नै श्रीमतीको हत्या गरी घरभित्र (भान्सा कोठामा ) गाडेको अवस्थामा प्रहरीले श्रीमतीको शवलाई नियन्त्रणमा लिएको छ । प्युठान स्थायी घर भएका ३६ वर्षीय शेर गुरुङ ,( नाम परिवर्तन ) पुरुषले आफ्नै ३४ वर्षीय श्रीमतीको निर्मरता पुर्वको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । उक्त घटनामा श्रीमती बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीलाई सुचित गराएको पनि बुझिन्छ । भदौ १६ गते बिहान ९ बजेको आसपास यो घटना भएको हो । प्रहरीले दिनभर खोजतलास गर्दा पनि कुनै शंका नपाएपछि प्रहरीले उनकै श्रीमान माथी शङ्का गरेको थियो प्रहरीले उनीमाथि सोधपुछ सुरु गरेयो _ त्यसपछि निज श्रीमानले आफूले नै उक्त हत्या / घट्ना घटाएको गरेको कबुल गरेका थिए । त्यसपछि घरभित्र (भान्साकोठामा )गाडेको अवस्थामा प्रहरीले उक्त शवलाई राती १० ; ३० बजे उत्खनन् गरी बरामद गरेको हो । सवलाई पोस्टमार्टमको लागी जिल्ला अस्पताल कार्यालय सन्धिखर्कमा ल्याइएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
प्रहरी स्रोत-ले दिएको जानकारी अनुसार उनीहरु दुबै बिच करिब १० वर्ष पहिले प्रेम सम्बन्ध पछी विवाह बन्धनमा बाँधिएका थिए। दुवैजनाको यो विवाह भने दोस्रो वैवाहिक जिवन हो। श्रीमानको पनि योभन्दा पहिले को श्रीमतीसँग दुई छोरी छन् भने श्रीमती सुमिनाको पनि पहिलो श्रीमान तर्फ दुई छोरी रहेका छन्। विगत लामो समयदेखि बीचबीचमा पारिवारिक विवादमा घरभित्र झैझगडा हुँदै आएको प्रारम्भिक अनुसन्धानले बताएको छ। विवाद चर्किएपछि श्रीमान आवेशमा आएर यस्तो निर्णय लिएको बुझिन्छ । हत्याको घटनालाई लुकाउन श्रीमान भरपुर प्रयास पनि गरेको देखिन्छ , उनले घरभित्रै भान्सा कोठामा खाडलखनी गाडेको अवस्थामा विभिन्न घरायसी औजार कोदाला गैची जस्ता उपकरणहरू पनि प्रहरीले बरामद गरेको छ। अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले कानुनी प्रक्रिया अगाडि बढाएको छ।


