सुपादेउराली मन्दिर समिति कानुन विपरीत गठन, पारदर्शिता र आस्थामाथि प्रश्नचिन्ह

अर्घाखाँची । धर्मिक आस्थाको धरोहर मानिने सुपादेउराली मन्दिर व्यवस्थापन समितिको संरचना कानुन विपरीत रहेको निष्कर्ष सार्वजनिक भएको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकृतको अध्यक्षतामा गठित छानबिन समितिले समितिको गठन प्रक्रिया कानुनी प्रावधान अनुसार नभएको पुष्टि गर्दै आर्थिक प्रणालीमा पनि पारदर्शिता नदेखिएको जनाएको छ।

सार्वजनिक सुनुवाइमा मन्दिरको लेखाजोखा, सुन–चाँदी तथा अन्य जिन्सी सामग्रीको अभिलेख राख्नेतर्फ लापरबाही भएको, भेटी संकलनमा हिनामिना हुने, पदाधिकारीहरूले मन्दिर परिसरमै मदिरा सेवन गर्ने जस्ता गम्भीर आरोप लगाइएका छन्। पटक–पटक सूचना अधिकार अन्तर्गत माग्दा पनि वित्तीय विवरण नदिइएको गुनासो स्थानीयहरूले सार्वजनिक गरे।

नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठले समितिको कार्यशैलीलाई आस्थामाथिको धक्का भन्दै कडा आलोचना गरे भने आदर्श माविका प्रधानाध्यापक तथा बिधान लेखक डिल्लीराज थापाले मन्दिर बिधान विपरीत सञ्चालन भइरहेको दुखेसो पोखेका थिए। यद्यपि एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालले सुधारका प्रयास भएको भन्दै कांग्रेस सभापतिको आरोपलाई खण्डन गरे।

स्थानिय जनप्रतिनिधि चुरा केसीले समितिको कामकाजलाई ढाकछोप गर्ने प्रयास गरे पनि सार्वजनिक सुनुवाइमा प्रश्नहरूको ओइरो परेपछि असफल देखिएका थिए। सहभागीहरूको धारणा अनुसार मञ्चमा देखिने भनाइभन्दा भित्री राजनीतिक व्यवहार र मिलेमतोकै कारण यो स्थिति सिर्जना भएको हो।

हाल समितिबिरुद्ध उजुरी दर्ता भइसकेको छ। सत्यतथ्य छानबिनपछि प्रशासनले निष्पक्ष न्याय दिनुपर्ने माग भइरहेको छ। अन्यथा अदालतसम्म मुद्दा जाने चेतावनी सरोकारवालाले दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?