पुर्वमुख्यमन्त्री बानियाँ सम्पर्कविहीन, बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी:

समाचार सारांश
Auto Generated by AI
  • नेपाली कांग्रेसका नेता इन्द्र बानियाँ बैंकिङ कसुरको आरोपमा पक्राउ गर्न अदालतबाट अनुमति पाएपछि सम्पर्कविहीन भएका छन्।
  • उनका छोरा र भतिजा ३४ करोड रुपैयाँ कर्जा दुरुपयोगको आरोपमा यसअघि नै पक्राउ परिसकेका छन्।
  • परिवारले उनलाई प्रहरीले नियन्त्रणमा लिएको दाबी गरे पनि प्रहरीले आधिकारिक रूपमा पुष्टि गरेको छैन।

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँ सम्पर्कविहीन भएका छन् । उनलाई पक्राउ गर्न उच्च अदालतले अनुमति दिए पनि प्रहरीले अहिलेसम्म पक्राउ गरेको सार्वजनिक रूपमा स्वीकार गरेको छैन ।

प्रहरी उच्च स्रोतका अनुसार बानियाँको खोजीमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित छ । यसअघि उनका छोरा दीक्षान्त बानियाँ र भतिज ऋषि बानियाँ कर्जा दुरुपयोगको आरोपमा पक्राउ परिसकेका छन् । उनीहरू पक्राउ परेपछि इन्द्र बानियाँ पनि सम्पर्कबाहिर रहेको बताइएको छ ।

छोरा र भतिजालाई पक्राउ गरेको सीआईबीले भने इन्द्र बानियाँको खोजी वा पक्राउबारे आधिकारिक जानकारी दिन चाहेको छैन । सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले यस विषयमा केही बताउन चाहेनन् ।

यता, बानियाँका पारिवारिक स्रोतले प्रहरीले उनलाई काठमाडौंको छैमलेबाट पक्राउ गरेर भृकुटीमण्डपस्थित नगर प्रहरीको हिरासतमा राखेको दाबी गरेका छन् । तर नगर प्रहरीसँग आवासीय हिरासतको व्यवस्था नरहेको र प्रहरीले पनि उनको पक्राउबारे पुष्टि नगरेको बताइएको छ ।

नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत बानियाँलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो ।

प्राप्त विवरणअनुसार उनका छोरा दीक्षान्तलाई कात्तिक १६ गते रुपन्देहीको भैरहवाबाट सीआईबीको टोलीले पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट उनलाई भेट्न पुगेका भतिज ऋषि बानियाँ पनि पक्राउ परेका थिए ।

पूर्वमुख्यमन्त्री बानियाँमाथि विभिन्न चारवटा बैंकबाट ‘अन्डरग्राउन्ड भुगर्भ सिमेन्ट कम्पनी’का नाममा लिएको ३४ करोड रुपैयाँ कर्जा दुरुपयोग गरेको आरोप लागेको छ । यही प्रकरणमा पक्राउ परेका उनका छोरा र भतिजामाथि मुद्दा चलाइएको छ ।

यो सँगै अर्घाखाँचीमा रहेको तिनपाने चुनढुङ्गा उत्खननको विषय पनि अहिले चर्चामा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?