आज मिति २०८३ साल असोज महिनाको २ गते शुक्रबारको दिन माता सुपादेउराली को दर्शन गरि हेर्नुहोस्आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • आज विभिन्न राशिका व्यक्तिहरूका लागि स्वास्थ्य, व्यापार र पारिवारिक जीवनमा मिश्रित फल मिल्नेछ।
  • केही राशिका लागि धनलाभ र कार्यसिद्धि हुने दिन छ भने कसैले विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ।
  • समग्रमा आजको दिनलाई धैर्यता र बुद्धिमानीपूर्वक काम गरेमा शुभ फल प्राप्त गर्न सकिनेछ।

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : स्वास्थ्यमा केही उतारचढाव आउन सक्छ, खानपानमा विशेष ध्यान दिनुहोला। गोप्य शत्रुहरूबाट सतर्क रहनुपर्ने दिन छ। व्यापारमा सामान्य अवरोध आए पनि आर्थिक पक्ष सन्तोषजनक नै रहनेछ। यात्रा गर्दा वा सवारी साधन चलाउँदा सावधानी अपनाउनु बुद्धिमानी हुनेछ।

वृष : वैवाहिक जीवन सुखमय रहनेछ र साझेदारीका कामहरूबाट राम्रो लाभ मिल्नेछ। लामो समयदेखि रोकिएका व्यापारिक योजनाहरूले गति लिनेछन्। नयाँ मानिसहरूसँगको चिनजानले भविष्यमा ठूला अवसरहरू सिर्जना गर्न सक्छ। सामाजिक क्षेत्रमा मानप्रतिष्ठा बढ्नेछ।

मिथुन : पुराना रोकिएका कामहरू सम्पन्न गर्नका लागि आजको दिन अनुकूल रहेको छ। तपाईँको वाक्चातुर्य र मिहिनेतले सहकर्मी तथा हाकिमहरूलाई प्रभावित पार्न सफल हुनुहुनेछ। स्वास्थ्यमा देखिएका पुराना समस्याहरूमा उल्लेखनीय सुधार आउनेछ।

कर्कट : बुद्धिमत्ता र रचनात्मक सोचको प्रयोग गरेर कठिन कामहरू समेत सहजै पूरा गर्न सक्नुहुनेछ। विद्यार्थीहरूको पढाइलेखाइमा मन राम्ररी लाग्नेछ र बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। सन्तान पक्षबाट सुखद् समाचार सुन्न पाइनेछ।

सिंह : घरायसी वातावरणमा केही असमझदारी वा खटपट उत्पन्न हुन सक्ने भएकाले बोल्दा संयम अपनाउनुहोला। मातापिताको स्वास्थ्यलाई लिएर केही चिन्ता बढ्न सक्छ। जग्गाजमप वा घरसम्बन्धी काममा केही ढिलासुस्ती हुन सक्छ। धैर्यतापूर्वक काम गर्नुहोला, छिट्टै परिस्थिति तपाईँको अनुकूल बन्नेछ।

कन्या : पराक्रम र आत्मविश्वास उच्च रहनेछ, जसले गर्दा जटिल चुनौतीहरूको पनि सहजै सामना गर्न सक्नुहुन्छ। छोटो तथा लाभदायक यात्राको योग रहेको छ। दाजुभाइ तथा छिमेकीहरूको पूर्ण सहयोग प्राप्त हुनेछ। सामाजिक कार्यमा सक्रियता बढ्नेछ जसले समाजमा तपाईँको मान९सम्मान र प्रतिष्ठा उँचो बनाउनेछ।

तुला : आर्थिक कारोबार गर्दा र कसैलाई धन भिलत गर्दा विशेष सावधानी अपनाउनुहोला। अनावश्यक खर्च बढ्न सक्ने भएकाले बजेटभन्दा बाहिर नजानुहोला। बोलीको प्रभावका कारण महत्वपूर्ण कामहरू बन्नेछन्। परिवारसँग रमाइलो जमघटको अवसर जुर्नेछ, जसले मानसिक रूपमा प्रफुल्लित महसुस गराउनेछ।

वृश्चिक : आज चन्द्रमा तपाईँकै राशिमा रहने हुनाले आत्मविश्वास र ऊर्जा भरिपूर्ण रहनेछ। तपाईँको व्यक्तित्वमा निखार आउनेछ र समाजका मानिसहरू तपाईँप्रति आकर्षित हुनेछन्। सोचेका अधिकांश कामहरू समयमै सम्पन्न हुँदा मन प्रसन्न रहनेछ।

धनु : विदेश यात्रा वा वैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरूमा देखिएका अवरोधहरू हट्नेछन्। स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्ने भएकाले आराममा पनि ध्यान दिनुहोला। अनावश्यक खर्च हुनसक्ने सम्भावना रहेकाले आर्थिक लेनदेन गर्दा निकै सचेत रहनुपर्नेछ। धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ।

मकर : विभिन्न स्रोतहरूबाट आकस्मिक धन लाभ हुने प्रबल योग रहेको छ। साथीभाइ तथा इष्टमित्रहरूको सहयोगले अप्ठ्यारा कामहरू पनि सुचारੂ रूपमा बन्नेछन्। नयाँ कार्यको थालनी गर्नका लागि आजको दिन अति उत्तम छ। रोकिएका पुराना योजनाहरूले पुनर्जीवन पाउनेछन् र भविष्यका लागि बलियो आधार तयार हुनेछ।

कुम्भ : व्यापार व्यवसाय र करिरियरको क्षेत्रमा ठूलो सफलता हात पार्ने दिन छ। कार्यक्षेत्रमा तपाईँको कार्यशैलीको उच्च प्रशंसा हुनेछ र पदोन्नतिको योग पनि बन्न सक्छ। उच्च पदस्थ व्यक्तिको साथ र सहयोग प्राप्त हुनेछ। सामाजिक मानप्रतिष्ठा बढ्नुका साथै नयाँ जिम्मेवारीहरू पनि काँधमा आइपर्नेछन्।

मीन : भाग्यले साथ दिने हुनाले गरेका हरेक कार्यहरूमा सफलता प्राप्त हुनेछ। धार्मिक, सामाजिक तथा परोपकारी कार्यमा मन आकर्षित हुनेछ। टाढाको यात्रा वा तीर्थयात्राको सुखद अवसर जुर्न सक्छ। उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूका लागि समय अत्यन्तै अनुकूल रहेको छ।

राशिफलले जे जस्तो भनेपनि तपाइँहरुको आजको दिन मङ्गलमय र शुभ बनोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?