अर्घाखाँची
ढाकाबाङ धारापानी–सन्धिखर्क सम्पर्क मञ्चले देउसी–भैलो खेलेर बचत गरेको रकम बाढीपीडितको सहयोगका लागि प्रदान गरेको छ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीपछि प्रभावित नागरिकहरू कठिन परिस्थितिमा रहेकाले विभिन्न क्षेत्रबाट सहयोग तथा सहानुभूति जुटिरहेको छ।
यसै क्रममा ढाकावाङ–धारापानी–सन्धिखर्क सम्पर्क मञ्चले गत वर्षको देउसी–भैलोबाट बचाएर राखेको रकममध्ये रु. ११ हजार १११ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरी बाढीपीडितका लागि सहयोग गरेको हो।
मञ्चले विपद्को समयमा हरेक सचेत नागरिक तथा सामाजिक संघसंस्थाले आफ्नो क्षमताअनुसार सहयोग र सहानुभूति प्रदान गर्नुपर्ने जनाएको छ।
सानो रकम भए पनि विपद्मा परेका नागरिकको पीडामा साथ दिने उद्देश्यले गरिएको यो सहयोगले सामाजिक उत्तरदायित्व र मानवीय भावनाको उदाहरण प्रस्तुत गरेको छ।
सहयोग रकम: रु. ११,१११
अक्षरेपी: एघार हजार एक सय एघार रुपैयाँ ।

