भोटेकोशी नदीको बाढीमा परी पाणिनि–७ का शिक्षक नारायण थापाको निधन

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीका नारायण थापाको भोटेकोशी बाढीमा परी निधन भएको छ।
  • भदौ १० गतेदेखि बेपत्ता हुनुभएका उहाँ पेशाले अंग्रेजी शिक्षक हुनुहुन्थ्यो।
  • थापाको निधनले गाउँपालिका र परिवारजनमा गहिरो शोक छाएको छ।

 अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका–७ निवासी नारायण थापाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी दुःखद निधन भएको पुष्टि भएको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी सम्पर्कविहीन हुनुभएका थापाको निधन भएको खबर हिजो प्रमाणित भएको पाणिनी गाउँपालिका–७ का वडाध्यक्ष गुनाखर अधिकारीले जानकारी दिनुभयो।
थापा उच्च माध्यमिक तहमा अंग्रेजी विषयका शिक्षकका रूपमा कार्यरत हुनुहुन्थ्यो। उहाँको निधनको खबरले परिवार, आफन्त, सहकर्मी तथा पाणिनी गाउँपालिकावासीमा शोक छाएको छ।
वडाध्यक्ष अधिकारीका अनुसार भीषण बाढीका कारण थापा बाढीमा पर्नुभएको थियो। उहाँको निधनप्रति स्थानीयवासीले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?