आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव रहने

समाचार सारांश
Auto Generated by AI
  • हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ।
  • दिउँसो पहाडी र हिमाली क्षेत्रका धेरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।
  • केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।

काठमाडौं, २४ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ, देशको बाँकी भू-भागमा आंशिक बादल देखि मौसम मूख्यतया सफा रहेको छ । बागमती प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भईरहेको छ

दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका केही र मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति भने देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू-भागका  केही स्थानमा  वर्षा र हिमपातको सम्भावना छ।  कोशी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेशका साथै कर्णाली प्रदेशको  पहाडी भू-भाग तथा बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको हिमाली, पहाडी र तराई भू-भाग साथै बागमती प्रदेशका हिमाली र पहाडी भू-भाग तथा गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भाग, मधेश प्रदेश साथै सूदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

बागमती प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?