
- प्युठानको मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ।
- पातले छोपेर लुकाइछिपाइ राखेको अवस्थामा १८ थान साबुत र १४ थान बेसाबुत बन्दुक फेला परेका हुन्।
- उक्त अवैध हतियार कसले र किन राखेको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
श्राउन १८ सोमबार प्रकाशित समाचार नेपाल प्रेसखबर प्युठान
प्युठानको नौबहिनी गाउँपालिका–२, पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुक तथा विभिन्न पार्टपुर्जा बरामद गरेको छ।
प्रहरी निरीक्षक रामनारायण गुप्ताको कमान्डमा खटिएको प्रहरी टोलीले वनभित्र पातले छोपेर लुकाइछिपाइ राखिएको अवस्थामा १८ थान साबुत र १४ थान बेसाबुत भरुवा बन्दुकसहित बन्दुकका विभिन्न पार्टपुर्जा बरामद गरेको हो।
बरामद हतियार कसले र किन लुकाएर राखेको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

