२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १०६ जना घाइते

समाचार सारांश
Auto Generated by AI
  • पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ।
  • यी दुर्घटनाहरूमा परी देशभरका विभिन्न प्रदेशमा गरी कुल १०६ जना घाइते भएका छन्।
  • सबैभन्दा बढी मधेश प्रदेशमा ३ जनाको मृत्यु र ४६ जना घाइते भएका छन्।

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने १०६ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेशमा ३ जनाको मृत्यु भएको छ भने कोशी र सुदूरपश्चिममा २-२ जनाको मृत्यु भएको छ । त्यस्तै बागमती र लुम्बिनीमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १०६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४६ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा ७ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २१ जना घाइते भएका छन् भने लुम्बिनीमा ११ जना, सुदूरपश्चिममा १६ जना र  कर्णालीमा ५ घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?