
- गुल्मी अस्पतालमा एक अविवाहित युवतीले छोरी जन्माएको घटना सार्वजनिक भएको छ।
- गोपनीयताका कारण प्रहरीले ती युवतीको परिचय सार्वजनिक नगर्न आग्रह गरेको छ।
- अर्को घटनामा विदेशमा रहेका श्रीमान्की श्रीमतीले अर्कै पुरुषको साथमा सन्तान जन्माएकी छिन्।
असार २२ गते मंगलबार प्रकाशित समाचार नेपाल प्रेस खबर गुल्मी
अस्तालमा महिला अधिकारको चर्चैचर्चा, एक अविवाहित युवतीले जन्माइन् छोरी,अर्को एक वर्षदेखी श्रीमान वैदेशिक रोजगारमा तर श्रीमतीले चाहीं सन्तानलाई जन्म दिएकीछिन।
गुल्मी अस्पतालमा आज बिहान एक २३ वर्षीया युवतीले विवाह अघि नै सन्तानको जन्म दिएको समाचार प्राप्त भएको छ।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ती युवती जिल्लाकै स्थायी बासिन्दा हुन्। तर युवतीको विवाह नभएको अवस्थालाई मध्यनजर गर्दै, उनको व्यक्तिगत स्वतन्त्रता, सामाजिक प्रतिष्ठा र गोपनीयताको हकको सम्मानका लागि स्थानीय तह, वडा तथा अन्य कुनै पनि पहिचान खुल्ने विवरण सार्वजनिक नगर्न सञ्चारमाध्यम र सर्वसाधारणसँग आग्रह गरिएको छ।
प्रहरीका अनुसार गएराती सवा एक बजेतिर जन्मिएकी नवजात शिशु (छोरी) लाई थप उपचार र विशेष स्वास्थ्य रेखदेखका लागि आईसीयू कक्षमा राख्नुपर्ने अवस्था आएको थियो। सोही कारण आज बिहान करिब ६ बजे उनलाई लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा रिफर गरिएको छ। हाल युवतीको दाबी र कानुनी हकदार बाबुको पहिचानबारे आवश्यक आन्तरिक अनुसन्धान र समन्वय भइरहेको जनाइएको छ।
अर्को स्वतन्त्रता – घटना
सोही अस्पतालमा अर्को एक व्यक्तिगत स्वतन्त्रताको खबर पनि प्राप्त भएको छ। विगत एक वर्षदेखि श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा भारतमा रहेको अवस्थामा, यता एक महिलाले सन्तानलाई जन्म दिएकी छिन्।
उनी स्वयम् भन्छिन्, “यो सन्तान उहाँकै हो” (काखमा रहेका प्रेमीलाई देखाउँदै)। यस विषयमा गत तीन दिनदेखि दुवै पक्षका आफन्तजनहरू तम्घासमा भेला भएका छन्।
उनका श्रीमान् भारतबाट आउँदै गरेको सवारी साधनमा छन् भने यता श्रीमतीको साथमा भने तातो चिसो पानी खुवाउँदै परपुरुष रहेका छन्।यता डेरामा भने ती महिलाका अन्य दुई सन्तानको रुवाबासी चलिरहेको छ।

