शिवराज नगरपालिकाद्वारा नागरिकलाई विभिन्न विषयमा सचेतनामूलक अनुरोध

समाचार सारांश
Auto Generated by AI
  • शिवराज नगरपालिकाले व्यक्तिगत घटना समयमै दर्ता गर्न र चाडपर्वहरू सभ्य रूपमा मनाउन नगरवासीलाई आग्रह गरेको छ।
  • बालबालिकालाई विद्यालय पठाउने, घरको नक्सा पास गर्ने तथा सडक अवरुद्ध नहुने गरी निर्माण कार्य गर्न नगरपालिकाको अपिल छ।
  • बालविवाह अन्त्य, वातावरण संरक्षण र समयमै कर तिरेर जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न सबैमा अनुरोध गरिएको छ।

कपिलवस्तु

शिवराज नगरपालिकाले नगरवासीलाई लक्षित गर्दै व्यक्तिगत दर्ता, शिक्षा, सामाजिक सद्भाव, वातावरण संरक्षण तथा कानुनी दायित्वसँग सम्बन्धित विभिन्न विषयमा सचेतनामूलक अनुरोध जारी गरेको छ।

नगरपालिकाले जन्म, मृत्यु, बसाइँसराइ तथा सम्बन्ध विच्छेदजस्ता व्यक्तिगत घटनाहरू समयमै दर्ता गराउन आग्रह गरेको छ। साथै, चाडपर्वलाई भड्किलो नबनाई सभ्य र खुसीका साथ मनाउन तथा चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधिप्रति सचेत रहँदै आपसी सद्भाव कायम राख्न सबै नगरवासीलाई अनुरोध गरिएको छ।

त्यसैगरी, विद्यालय जाने उमेर पुगेका सबै बालबालिकालाई अनिवार्य रूपमा विद्यालय पठाउन, घर तथा भवन निर्माण गर्दा नक्सा पास गर्न र सडक अवरुद्ध हुने गरी निर्माण सामग्री नराख्न नगरपालिकाले अपिल गरेको छ।

नगरपालिकाले बालविवाह सामाजिक अपराध भएकाले कानुनी उमेर पुगेपछि मात्र विवाह गर्न, खानेपानीका मुहानहरू सफा राख्न, वन–जङ्गल संरक्षण गर्न तथा समयमै कर तिरेर आफ्नो नागरिक दायित्व पूरा गर्न समेत अनुरोध गरेको छ।

शिवराज नगरपालिकाले कानुनको पालना, सामाजिक उत्तरदायित्व, वातावरण संरक्षण तथा सभ्य समाज निर्माणमा सबै नगरवासीको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न सबैमा अपिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?