
- लुम्बिनी प्रदेश सभाको आजको बैठक स्थगित गरिएको छ।
- बजेटमा सहमति नजुटेपछि प्रदेश सरकारको आग्रहमा बैठक सारिएको हो।
- अब अर्को बैठक असार २१ गतेका लागि बोलाइएको छ।
असार १७ बुधबार प्रकाशित समाचार नेपाल प्रेस खबर
लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ ।
आज दिँउसो १ बजेका लागि बोलाइएको बैठक प्रदेश सरकारको आग्रहमा स्थगित गरिएको हो । अर्को बैठक असार २१ गते बोलाइएको प्रदेश सभा सचिवालयको सूचना अधिकारी कमला पोखरेल पौडेलले बताइन् ।
‘आज बैठक बोलाइएकोमा सरकारको अनुरोधमा स्थगित भएको छ । अर्को बैठक असार २१ गते बोलाइएको छ’,उनले भनिन् । असार १२ गते अनिश्चितकालका लागि स्थगित भएको प्रदेश सभाको बैठक हिजो सूचना जारी गरेर आजका लागि बोलाइएको थियो ।
तर, बजेटमा सहमति नजुटेपछि बैठक स्थगित भएको हो ।

