बागमती,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका १-२ ठाउँमा ठूलो पानी पर्ने सम्भावना


मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।लुम्बिनी प्रदेशको तराइको भू-भाग साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि आज केही बढ्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

कांग्रेसले आज र भोली बागमती प्रदेशस्तरीय भेला गर्दै

छुटाउनुभयो कि ?