आजको मौसम पहाडी क्षेत्रमा वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिमको तराईमा तातो लहर

समाचार सारांश
Auto Generated by AI
  • देशका पहाडी तथा हिमाली भेगमा आज मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना छ।
  • लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो हावाको लहर कायमै रहने मौसम विभागले जनाएको छ।
  • वर्षा हुने क्षेत्रमा सतर्कता अपनाउन र तातो लहरबाट बच्न स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरिएको छ।

१२ गते शुक्रबार प्रकाशित समाचार नेपाल प्रेसखबर काठमाडौं । 

देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा आज मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (Heat Wave) को प्रभाव कायमै रहने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भू-भाग, गण्डकी प्रदेशका केही भू-भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रका थोरै स्थानमा मनसुनी वायु सक्रिय रहेको छ। अन्य भू-भागमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको अवस्था कायम रहेको छ भने बागमती, गण्डकी तथा लुम्बिनीका केही पहाडी क्षेत्रमा पनि तातो दिनको प्रभाव देखिएको छ।

विभागका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ। कोशी प्रदेशको तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा, साथै बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने भए पनि केही स्थानमा तातो लहर कायम रहने विभागको पूर्वानुमान छ। बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि तातो दिन रहने सम्भावना रहेको छ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

विभागले वर्षा हुने क्षेत्रमा सतर्कता अपनाउन तथा तातो लहर प्रभावित जिल्लाका नागरिकलाई अत्यावश्यक कामबाहेक दिउँसोको समयमा लामो समय घाममा नबस्न, प्रशस्त पानी पिउन र स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?