बुटवल, रुपन्देही — बुटवल पुष्पलाल पार्कस्थित एनसेल सेन्टरमा एक व्यक्तिको नाममा संचालन हुँदै आएको सिम कार्ड अर्कै व्यक्तिलाई अवैध रुपमा वितरण गरिएको खुलेकाे छ। उक्त सिम दुरुपयोग भएर एनसेल प्रयोगकर्ताको ५ लाख ७० हजार रुपैयाँ तथा इसेवाबाट ७ हजार रुपैयाँ चोरी भएको घटना बाहिर आएको छ।
घटनापछि थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा पुगेको छ भने यस विषयमा विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी भइरहेको बुटवल–११ का वडासदस्य नकुल शाही ठाकुरीले जानकारी दिनुभएको छ।
प्रहरीका अनुसार सिम कार्ड कसरी अर्को व्यक्तिलाई पुगेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ। चोरी भएको रकम कसले, कुन माध्यमबाट दुरुपयोग गर्यो भन्ने विषयमा पनि छानबिन अघि बढाइएको छ।


