अनुदानको मल जथाभावी बिक्री गरेको आरोपमा अर्घाखाँचीमा एग्रोभेट सञ्चालक पक्राउ

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको सन्धिखर्कमा किसानका लागि आएको अनुदानको मल अवैध रूपमा बिक्री गरेको आरोपमा एग्रोभेट सञ्चालक पक्राउ परेका छन्।
  • नयाँ नेपाल एग्रोमार्टका सञ्चालक युवराज पौडेललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।
  • जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।


नेपाल प्रेस खबर
अर्घाखाँची, असार ५, २०८३
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ का किसानका लागि उपलब्ध गराइएको अनुदानको मल जथाभावी बिक्री गरेको आरोपमा एक एग्रोभेट सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सन्धिखर्क नगरपालिका–१ शान्ति बगैँचास्थित नयाँ नेपाल एग्रोमार्ट का सञ्चालक युवराज पौडेल लाई बुधबार राति आफ्नै एग्रोभेटबाट पक्राउ गरेको जनाएको छ।
किसानलाई वितरण गर्नका लागि ल्याइएको अनुदानको मल अनियमित रूपमा बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको हो।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान गर्न जिल्ला अदालतबाट एक दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
घटनाबारे विस्तृत विवरण संकलन भइरहेको र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार: अर्थमन्त्री वाग्ले

आज मिति २०८३ आषाढ ५ गते शुक्रवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

आज मिति २०८३ आषाढ ४ गते बिहीबार को दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

सन्धिखर्कमा बढ्दो युवा कुलत र उच्छृङ्खल गतिविधि: नियन्त्रणका लागि नगर प्रमुख र प्रहरीलाई ध्यानाकर्षण

आज मिति २०८३ आषाढ ३ गते बुधवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

जेठ महिनामा रोजगारीका लागि ६१ हजार विदेशिए

छुटाउनुभयो कि ?