
- पश्चिम नवलपरासीको सुस्तामा भारतीय सुरक्षा बलको गस्ती बढेपछि स्थानीयले विरोध गरेका छन्।
- सीमा क्षेत्रमा बिहानैदेखि भारतीय हस्तक्षेपका कारण तनावपूर्ण अवस्था सिर्जना भएको छ।
- स्थानीय प्रशासन यस विषयमा बेखबर बनेको भन्दै जनताले गुनासो गरेका छन्।
पश्चिम् नवलपरासी सुस्ताको नेपाली भूमितिर पसेर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गस्ती बढाएपछि आज स्थानीयले प्रतिकार गरेका छ्न् ।
त्यस क्षेत्रमा बिहानैदेखि तनाव छ । स्थानीय प्रशासनमाथि भने यस प्रकरणमा बेखबर बनेको गुनासो छ ।

