हिन्दू सम्राट सेनाको नेपाल सरकारलाई स्पष्ट चेतावनी

हिन्दू सम्राट सेना कुनै एउटा नाम मात्र होइन, यो हिन्दूहरूको आस्था, विश्वास र पहिचानको केन्द्र हो। हिन्दूहरूको आस्था र विश्वासमाथि खेलवाड गर्ने कार्य कुनै पनि हालतमा स्वीकार्य हुने छैन, चाहे त्यो जो कोही किन नहोस्।

हिन्दू सम्राट सेना र नेपाल सरकारबीच करिब दुई महिनाअघि वार्ता भएको थियो। तर, उक्त वार्ताले अब तीन महिनामा प्रवेश गर्न लाग्दासमेत नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्ने विषयमा सरकारको स्पष्ट धारणा सार्वजनिक भएको छैन। त्यसैले अब यो महिनाभित्रै नेपाल सरकारले नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्ने कि नगर्ने भन्ने विषयमा स्पष्ट जवाफ दिनुपर्छ। यदि हिन्दू राष्ट्रको विषयमा निर्णय गर्न नसक्ने हो भने हिन्दू सम्राट सेनासँग वार्ता गर्नुको औचित्य के थियो? सरकारले यसको जवाफ दिनैपर्छ।

छठपछि हिन्दू समाजको आन्दोलनको चेतावनी!

यदि सरकारले हिन्दू राष्ट्रको विषयमा स्पष्ट निर्णय नगर्ने र हिन्दूहरूमाथि भइरहेको भनिएको अन्याय तथा अत्याचार बन्द नगर्ने हो भने छठपछि देशव्यापी आन्दोलन हुने चेतावनी दिइएको छ। हिन्दू समाजको मागलाई बेवास्ता गरिएमा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी नेपाल सरकारले लिनुपर्नेछ।

सुनसरी घटनालाई लिएर पनि हिन्दू समाजको आक्रोश!

सुनसरी घटनामा हिन्दूहरूमाथि गोली प्रहार भएको र हिन्दू समुदायकै बढी क्षति भएको भन्दै अहिले हिन्दूहरूलाई नै पक्राउ गरिराखिएको विषयमा गम्भीर आपत्ति जनाइएको छ। हिन्दूहरूमाथि अन्याय हुने र उनीहरूको आवाज दबाउने कार्य तत्काल बन्द गरिनुपर्छ। सम्बन्धित घटनामा निष्पक्ष छानबिन गरी न्याय सुनिश्चित गर्नुपर्छ।

हिन्दू समाजको स्पष्ट चेतावनी छ—हिन्दूहरूको आस्था, अधिकार र सम्मानमाथि चोट पुर्‍याउने कार्य बन्द गरियोस्। सरकारले हिन्दू समाजका मागलाई गम्भीरतापूर्वक लिँदै नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्ने विषयमा आफ्नो धारणा स्पष्ट पारोस्।

छठपछि हिन्दू समाज आफ्नो मागका लागि आन्दोलनमा उत्रिने चेतावनी दिँदैछ। सरकारले समयमै माग सम्बोधन नगरेमा आन्दोलनलाई नियन्त्रण गर्न कठिन परिस्थिति उत्पन्न हुन सक्नेछ। त्यसैले नेपाल सरकारले समयमै गम्भीर भएर निर्णय गरोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?