जनकपुर अस्पतालमा नवजात शिशु हेरफेर गरिएको भन्दै एक परिवारको आरोप

समाचार सारांश
Auto Generated by AI
  • जनकपुर अस्पतालमा छोरा जन्मिएको भन्दै परिवारले बच्चा लिन अस्वीकार गरेपछि विवाद उत्पन्न भएको छ।
  • अस्पतालको कागजी रिपोर्ट र अनलाइन रेकर्डमा बच्चाको लिङ्ग फरक-फरक देखिएपछि परिवारले बच्चा फेरबदल भएको आशंका गरेका छन्।
  • यथार्थ पत्ता लगाउन प्रहरीले आमा र शिशुको डीएनए परीक्षण गर्ने प्रक्रिया अगाडि बढाएको छ।

परिवारका अनुसार सरिताले शनिबार बिहान बच्चा जन्माएकी थिइन्। प्रसूति पछि अस्पतालका नर्सले छोरी भएको भन्दै शिशु जिम्मा लगाएको र आफूहरूले छोरा जन्मिएको जानकारी पाएको परिवारको दाबी छ। त्यसपछि परिवारले बच्चा लिन अस्वीकार गर्दै वास्तविक शिशु नदिएसम्म अस्पतालबाट बच्चा नलैजाने अडान लिएको बताइएको छ।

घटनालाई थप विवादित बनाउने गरी अस्पतालका अभिलेखमा समेत फरक विवरण भेटिएको छ। बर्थिङ सेन्टरमा राखिएको कागजी रिपोर्टमा छोरी उल्लेख गरिएको भए पनि अस्पतालको रजिस्टर तथा अनलाइन प्रणालीमा छोरा उल्लेख भएको रिपोर्ट सार्वजनिक भएको छ। यही फरक विवरणका कारण परिवारले बच्चा हेरफेर भएको आशंका गरेको हो।

तर अस्पतालका सम्बन्धित नर्सहरूले भने बच्चा हेरफेर गरेको आरोप अस्वीकार गरेका छन्। उनीहरूले बर्थिङ सेन्टरको रिपोर्टमा छोरी नै उल्लेख भएको दाबी गर्दै रजिस्टरमा छोरा उल्लेख हुनु रातिको कामको चाप र हतारका कारण भएको त्रुटि हुन सक्ने बताएका छन्। आफूहरू दोषी प्रमाणित भए कानुनी कारबाही भोग्न तयार रहेको उनीहरूको भनाइ छ।

अस्पताल स्रोतका अनुसार उक्त वार्डमा रहेका चार जना सुत्केरीमध्ये चारै जनाले छोरी जन्माएका थिए। अघिल्लो रात भने एक महिलाले जुम्ल्याहा छोरा जन्माएको र उनीहरूलाई परिवारको जिम्मा लगाएर अस्पतालबाट पठाइसकिएको बताइएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय धनुषाले विवाद समाधानका लागि आमा र शिशुको डीएनए परीक्षणको प्रक्रिया अघि बढाएको जनाएको छ। डीएनए परीक्षणको नतिजाले बच्चा र आमाबीचको जैविक सम्बन्धबारे यथार्थ पत्ता लगाउन सहयोग गर्नेछ।

यसअघि पनि जनकपुर प्रादेशिक अस्पतालमा सेवा तथा व्यवस्थापनसँग सम्बन्धित विवादहरू सार्वजनिक हुँदै आएका छन्। पछिल्लो समय अस्पतालमै कार्यरत चिकित्सकमाथि समेत कुटपिट भएको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

हाल नवजात शिशु हेरफेर भएको आरोप प्रमाणित भइसकेको छैन। अस्पतालका अभिलेखमा देखिएको विरोधाभास र परिवारको दाबीबीच वास्तविकता पत्ता लगाउन डीएनए परीक्षणको नतिजा निर्णायक हुने देखिएको छ।

#अग्नीबाँण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?