आज मिति २०८३ साल असोज महिनाको ४ गते आइतबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • राशिफल अनुसार केही राशिका लागि दिन शुभ र आर्थिक प्रगतिको योग छ।
  • केही राशिका व्यक्तिले स्वास्थ्य, खानपान र बोलीमा विशेष सावधानी अपनाउनुपर्छ।
  • हरेक राशिले आआफ्नो शुभ रङ र उपाय अपनाई दिनको सुरुवात गर्दा राम्रो हुनेछ।

मेष राशि: दिन सामान्य रहनेछ। घरायसी व्यवहार मिलाउनुपर्नेमा समय खर्च हुनेछ। नयाँ लगानी गर्ने राम्रो समय छैन, धन फस्ने सम्भावना छ। आज बिहान गाईलाई पुरी खुवाएर दिनको शुभारम्भ गर्नुहोला।

शुभ रङ: गुलाबी | शुभ अङ्क: ६

वृष राशि: कामको अवसर पाइनेछ। आर्थिक उन्नति होला। प्रेममा विवाद उत्पन्न हुनसक्छ। साँझतिर मानसिक तनाव बढ्नेछ र निद्रा बिग्रन सक्छ। आज रातो रुमाल दान गरेर दिनको शुभारम्भ गर्नुहोला।

शुभ रङ: सेतो | शुभ अङ्क: ९

मिथुन राशि: केही महत्त्वपूर्ण कार्य गर्नुपरेमा बिहान ११ः३० बजेभित्र गर्नुहोला। बेलुका लामो दूरीको यात्रामा ननिस्कनुहोला। सामान्य झमेला र चोटपटकको योग छ। आज हरियो वस्तुको प्रयोग गर्नुहोला।

शुभ रङ: हल्का रातो | शुभ अङ्क: १६

कर्कट राशि: नोकरी र व्यापारमा सफलता प्राप्त हुनेछ। समृद्धि बढ्ने योग छ। मन चञ्चल रहला। आफन्तबाट हेलामा परिने समय छ, ख्याल गर्नुहोला। अष्टगन्धको टीका लगाएर दिनको सुरुवात गर्नुहोला।

शुभ रङ: पहेँलो | शुभ अङ्क: २

सिंह राशि: खानपिनमा विशेष ध्यान दिनुहोला। बोलीको प्रभाव पनि कमजोर रहनेछ। आमाबुवाप्रति सम्मान बढ्नेछ। बिहानतिर टाढाको यात्रा नगर्नुहोला। गरिबलाई भोजन र कपडा दान गर्न आज शुभ दिन छ।

शुभ रङ: निलो | शुभ अङ्क: ८

कन्या राशि: रुचिअनुसार खानपिन नहुन सक्छ। व्यापार र नोकरीमा सामान्य प्रगति देखिन्छ। मन उदास हुनेछ। आफ्नो इष्टदेवतालाई सम्झेर पहेँलो फूल चढाएर दिनको सुरुवात गर्नुहोला।

शुभ रङ: बैजनी | शुभ अङ्क: १४

तुला राशि: अपजस पाउने योग छ, त्यसैले आज संयम रहनुहोला। स्वास्थ्यमा सुधार हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। आमाबुवाको सेवा गर्नुहोला र खराब खानपिनबाट जोगिनुहोला।

शुभ रङ: कालो | शुभ अङ्क: ११

वृश्चिक राशि: बिहानको समयमा सामान्यतया आलस्य भए पनि दिउँसोदेखि फुर्तिलोपना आउनेछ। धन, विद्या र बुद्धिमा प्रगति देखिन्छ। आफन्तसँगको सम्बन्धमा सुधार हुनेछ। कुकुरलाई खानेकुरा दिनुहोला।

शुभ रङ: सेतो | शुभ अङ्क: २

धनु राशि: सन्तानको पिरले सताउनेछ। दिन सामान्य र नियमित कार्यमा बित्नेछ। नयाँ काम गर्ने अवसर छैन। आमाबुवाको सेवा गर्ने अवसर पाइएला। आज पिपलको दर्शन गरेर दिनको सुरुवात गर्नुहोला।

शुभ रङ: पहेँलो | शुभ अङ्क: १२

मकर राशि: दाम्पत्य सम्बन्धमा सुधार आउनेछ। मन प्रसन्न रहनेछ। धार्मिक कार्य गर्ने अवसर पाइनेछ। बोलीमा संयम राख्नुहोला, भेटघाटका प्रशस्त अवसर प्राप्त हुनेछन्। निलो वस्तुको प्रयोग गर्नुहोला।

शुभ रङ: हरियो | शुभ अङ्क: ५

कुम्भ राशि: दिउँसो स्वास्थ्यमा सामान्य गडबडी आउनेछ। साँझको समयमा मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ। आफन्तसँगको सम्बन्ध सुधार हुनेछ। आज कापी-कलम दान गर्नु शुभ हुनेछ।

शुभ रङ: निलो | शुभ अङ्क: ४

मीन राशि: पढाइलेखाइमा मन जानेछ। व्यापारमा प्रगति हुनेछ। सामाजिक कार्यमा मन जानेछ र मन प्रसन्न रहनेछ। आज माता लक्ष्मीको पूजा/सेवा गरेर दिनको सुरुवात गर्नु शुभ हुनेछ।

शुभ रङ: गुलाबी | शुभ अङ्क: ११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?