विनाशकारी बाढी : गृह मन्त्रालयको विपद् हेर्ने महाशाखा प्रमुख अमेरिका भ्रमणमा

समाचार सारांश
Auto Generated by AI
  • भोटेकोशी र त्रिशूलीमा आएको बाढीले १ हजार १० जनाको ज्यान लिनुका साथै हजारौँ मानिस बेपत्ता भएका छन्।
  • बाढीले रसुवा, नुवाकोट र धादिङका ३५ वटा पुलमा क्षति पुर्‍याएको छ।
  • विपद् व्यवस्थापन महाशाखाका प्रमुख सुरेश पन्थी अमेरिका भ्रमणमा रहेकाले जिम्मेवार पद खाली छ।

नेपाल प्रेसखबर अर्घाखाँची सन्धिखर्क

भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार १० जनाको मृत्यु भैसकेको छ । नेपाली भूमिकै हिमपरिरोपछि चीनको तिब्बततर्फको ल्हेन्दे खोलाको बहाव अचानक बढेसँगै भदौ १० मा बाढीले भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ ।

बाढीका कारण रसुवा, नुवाकोट र धादिङका ३५ वटा मोटरेबल पुलमा क्षति पुगेको छ । ३२ वटा पुल बाढीले बगाएको छ । ४ हजार २४७ मानिस सम्पर्कविहीन छन् । विपद् शुरु भएको सातौँ दिनसम्म खोज, उद्धार र राहतको नेतृत्व गर्ने जिम्मेवारी लिएका गृह मन्त्रालयका महाशाखा प्रमुख नै छैनन् ।  विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सुरेश पन्थी अहिले अमेरिका भ्रमणमा छन् । गृह मन्त्रालय र मन्त्रिपरिषद्ले जुनसुकै बिदा भए पनि रद्द हुने निर्णय गरिसेको छ । तर, सहसचिव पन्थी मन्त्रालय फर्केका छैनन् ।

विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखको कुर्सी आजभोलि खाली छ । यत्ति ठुलो विपत्तिमा विपद् व्यवस्थापन महाशाखाका प्रमुख नै नभएको बारे गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले भने, ‘विदेश जानुभएको छ, कता र कहिले जानुभएको हो थाहा छैन ।’

मन्त्रालय स्रोतका अनुसार उनी एउटा कार्यक्रममा अमेरिका पुगेका हुन् । मन्त्रालयले बिदामा बसेकालाई फर्किन भने पनि उनी अहिलेसम्म नफर्किएका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?