आज मिति २०८३ साल साउन महिनाको २५ गते सोमबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुस् आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • मेष, मिथुन, कर्कट, कन्या, बृश्चिक, मकर र मीन राशिका लागि आजको दिन शुभ र फलदायी छ।
  • बृष, धनु र कुम्भ राशिका व्यक्तिले आज मध्यम फल प्राप्त गर्नेछन् र सतर्कता अपनाउनु पर्नेछ।
  • सिंह र तुला राशिका लागि आजको दिन केही प्रतिकूल देखिएकाले काम गर्दा विशेष सावधानी अपनाउनुहोला।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आजको दिन राम्रो छ । सोचेको काम कार्यमा सफलता मिल्नेछ । नयाँ कार्यहरु पुर्ण हुनेछ। मनमा प्रशन्नता छाउनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समय मध्यम रहेको छ । आटे सोचेका कामहरुमा बाधा व्यावधानहरु आउन सक्छ सजकताका साथ अघि बढ्नु उपयुक्त हुनेछ । लामो दूरीको यात्रा नगर्नु नै उपयुक्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

पराक्रम बढ्नेछ । दिनको उत्तरार्धमा काम बन्नेछ । विगतका अपुरा अधुरा कामहरु पुरा हुनेछ । इष्टमित्र साथीभाइहरुसँग मनका कुरा खोल्ने अवसर मिल्नेछ । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पढाइ लेखाइको क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । अधुरा काम कार्यहरु बन्नेछ । मन हर्सित रहनेछ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ । सामाजिक मान प्रतिष्ठा बढेर जानेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आजको दिन त्यति राम्रो छैन । जुन कुनै काममा बाधा ब्यावधानहरु सिर्जना हुनेछ । स्वास्थ्यमा गढबढीको योग रहेको छ । राम्रै सल्लाह दिदा पनि मिथ्या आरोप आउन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आज भाग्य उदय हुने दिन छ । सोचेका कामहरु सफलताका साथ सम्पन्न गर्न सकिनेछ । बस्त्र आभुषणको व्यापारबाट राम्रो लाभ लिन सकिनेछ । खर्चमा मितव्ययीता अपनाउनु उपयुक्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आजको दिन राम्रो देखिदैन । लामो दूरीको यात्रा गर्दा झन्झट र तनाब आइपर्ने योग रहेको छ । काम गर्दा धेरै सचेतता अपनाउनु राम्रो हुन्छ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आटे सोचेका कामहरु पुरा हुनाले मनमा खुशी बढेर जानेछ । धन दौलत बढेर जानेछ । मान सम्मान पाईने योग रहेको छ । जग्गा जमिन र देश विदेशको यात्राबाट लाभ लिन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समय मध्यम रहेको छ । नयाँ नवितम बाधा व्यावधान आइपर्नेछ । ब्यार्थमा आरोपहरु खेप्नुपर्ने योग रहेको छ । आफ्नो बाणीमा सचेतता अपनाउनुपर्ने देखिन्छ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आज लाभ उदयको दिन रहेको छ । पशु चौपायाहरुबाट मनग्य लाभ लिन सकिनेछ । देश विदेशबाट हुने काममा पनि सफलता हात पार्न सक्ने योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

दिन मध्यम रहेको छ। लामो दूरीको यात्रा गर्नु पूर्व साइत हेराएर मात्र निर्णय गर्नु उपयुक्त हुनेछ । सोच विचार गरेर मात्र कामको प्रक्रिया अगाडी बढाउदा राम्रो हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आज राम्रो दिन छ । सोचेका कामहरु सफलताका साथ सम्पन्न गर्न सकिनेछ । मन हर्सित रहनेछ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ ।

तपाईको दिन शुभ रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?