आज मिति २०८३ साल मङ्सिर महिनाको १३ गते आइतबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुस् आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • वृष, कर्कट, कन्या, तुला, मकर र कुम्भ राशिका लागि आजको दिन शुभ र फलदायी रहनेछ।
  • मेष, मिथुन, सिंह, वृश्चिक, धनु र मीन राशिका व्यक्तिहरूले स्वास्थ्य तथा कार्यमा सावधानी अपनाउनुपर्ने देखिन्छ।
  • समग्रमा ग्रहको गोचर अनुसार केही राशिलाई काममा सफलता र केहीलाई मानसिक वा आर्थिक समस्या हुनसक्छ।

मेष
चू, चे, चो, ला, ली, लू, ले, लो, अ

मेषराशि हुने व्यक्तिहरूका  लागि आजको दिन सकारात्मक नहुनसक्छ । ४ औँ घरको चन्द्रमाको कारण 
स्त्रीजातिसँग मनमुटाव बढ्नसक्छ । सवारी साधनमा समस्या आउनसक्छ । जग्गाजमिनको काम गर्दा सावधानी अपनाउनु राम्रो हुन्छ । 

वृष
ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

वृषराशि हुने व्यक्तिहरूको आजको दिन सकारात्मक रहनेछ । ३ औं भावमा चन्द्रमा रहेको कारण  काममा मन जानेछ ।  रोकिएका काम बन्नेछ । साथी(भाईहरूको साथ पाईनेछ ।  इच्छापूर्ति  हुनेछ । यात्रा सफल रहनेछ । शुभ समाचार सुन्न पाइनेछ ।

मिथुन
का, की, कू, घ, ङ, छ, के, को, ह

मिथुनराशि हुने व्यक्तिहरूको लागि आजको दिन सकारात्मक नहुनसक्छ ।  २ औं घरको चन्द्रमाको कारण मन कमजोर बन्नसक्छ । मनमा धेरै विचार चल्नसक्छ । मनमा भारीपन आउनसक्छ ।  बोलिका कारण काम बिग्रनसक्छ । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुपर्ने छ । बोल्दा बिचार पुर्याउनुहोला । 

कर्कट
ही,हू, हे, हो, डा, डी, डू, डे, डो

कर्कटराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक रहनेछ  । लग्नस्थानमा रहेको चन्द्रमाको कारण मनमा प्रसन्नता थपिनेछ  । काममा सफलता प्राप्त हुनेछ  । शरीरमा उर्जा थपिनेछ  । थालेको कामले सफलता प्राप्त गर्नेछ । 

सिंह
मा,मी, मू, मे, मो, टा, टी, टू, टे

सिंहराशि हुने व्यक्तिरूका लागि आजको दिन सकारात्मक नहुनसक्छ । चन्द्रमा १२ औँ भावमा रहेकाले  खर्च बढ्नसक्छ । शरीरमा आलश्यता थपिनसक्छ ।  निद्रामा बाधा हुनसक्छ । स्वास्थ्य कमजोर बन्नसक्छ । यात्रामा अबरोध आउनसक्छ ।  

कन्या
टो,पा, पी, पू, ष, ण, ठ, पे, पो

कन्याराशि हुने व्यक्तिहरूका लागि आजको दिन शुभ रहेको छ । चन्द्रमा ११ औँ भावमा रहेकाले 
काममा भएको अबरोध हटेर जानेछ । पेसा र व्यवसायमा वृद्धि  हुनेछ । माथिल्लो तहबाट सहयोग पाइनेछ । आर्थिक पक्ष बलियो देखिन्छ ।

तुला
रा,री, रू, रे, रो, ता, ती, तू, ते

तुलाराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक रहनेछ ।  १० औं भावमा रहेको चन्द्रमाको कारणले  काममा मन जानेछ ।  पेसा र व्यवसायमा  प्रगति हुनेछ ।  माथिल्लो तहबाट सहयोग पाइनसक्छ । आँटेको काम बन्नेछ ।

वृश्चिक
तो,ना, नी, नू, ने, नो, या, यी, यू

वृश्चिकराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक  नहुनसक्छ  । ९ औं भावमा रहेको चन्द्रमाले  शरीरमा थकानको महसुुस गराउनसक्छ । काममा अबरोध सिर्जना गराउनसक्छ । अधिक दौडधूप नगर्दा राम्रो हुन्छ । धार्मिक कार्यमा मन लगाउँदा मन हलुका हुन्छ । 

धनु
यो,ये, यो, भा, भी, भू, धा, फा, ढा,भे

धनुराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक नहुनसक्छ । ८ औं भावमा रहेको चन्द्रमाले काममा अवरोध गराउनसक्छ । नयाँ कामको थालनी नगर्दा राम्रो होला । अनावश्यक दौडधूप हुनसक्छ । दुर्घटनाको जोखिम बढ्नसक्छ ।   मनलाई शान्त राख्ने प्रयास गर्नुहोस् ।  

मकर
भो, जा, जी, खी, खू, खे, खो, गा,गी

मकरराशि हुने व्यक्तिरूका लागि आजको दिन सकारात्मक रहनेछ । ७ औँ  घरको चन्द्रमाको प्रभावले साझेदारीको काममा  सफलता मिल्नेछ  । दाम्पत्य जीवनमा खुसी छाउनेछ । आर्थिक पक्ष सुधारात्मक रहनेछ । खानपिनमा भने ध्यान दिनपर्ने देखिन्छ ।

कुम्भ
गू, गे, गो, सा, सी, सू, से, सो,दा

कुम्भराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक रहनेछ   । ६ औँ घरमा रहेको चन्द्रमाको प्रभावले  प्रतिस्पर्धामा सफलता मिल्नेछ । शत्रुहरू टाढा  हुनेछन् ।  आर्थिक पक्षमा सुधार आउनेछ ।  खानपानमा सतर्कता अपनाउँदा राम्रो हुन्छ ।  

मीन
दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

मीनराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक देखिदैँन । चन्द्रमा ५ औं  भावमा रहेकाले मनमा अन्योल बढ्नसक्छ  । मनमा  खिन्नता उत्पन्न हुनसक्नेछ । घरपरिवार र बालबालिकाको सामीप्यताले मन शान्त हुनेछ । पढाइमा मन लगाउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?