काठमाडौँ — नेपाल एसबिआई बैंकको घ्याङलेख गाउँपालिकास्थित शाखामा लुटपाट भएको छ। बेलुकीतिर आएका लुटेराहरूले शाखामा रहेका सुरक्षा गार्डको हात काटेर घाइते बनाएका छन् भने कर्मचारीलाई बाँधेर नगद रकम लुटी फरार भएका छन्।
स्थानीय बिर्ख वाइवा तामाङका अनुसार लुटपाटपछि अपराधीहरू घटनास्थलबाट भागेका छन्। घाइते सुरक्षा गार्डलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ।
घटनाबारे थप विवरण संकलन भइरहेको र अनुसन्धान जारी रहेको बताइएको छ।


