आज मिति २०८२ आश्विन २५ गते शनिबार को दिन माता सुपादेउरालीको दर्शन गरि हेर्नुहोस आजको राशीफल

मेष

रोकिएका कामहरु बन्ने दिन छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् भने विचारले धेरैलाई आकर्षण गर्ने समय छ । ब्यापार ब्यावसायबाट राम्रो लाभ पनि लिन सकिएला । शुभता बढ्ने र नयाँ जिम्मेवारी मिल्ने योग छ । काममा सहयोगीेहरुले राम्रो साथ दिनेछन्, विशेषगरी कृषिसम्बन्धी व्यवसायबाट राम्रो लाभ लिन सकिने देखिन्छ ।

बृष

उत्साहवर्द्धक समय छ । रोकिएको काम बन्ने र आम्दानी बढ्ने देखिन्छ । प्रशंसा गर्नेहरू बढ्नेछन् । ब्यापार ब्यावसायबाट पनि राम्रै फाइदा हुने देखिन्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । यात्रापरक काम बन्नेछ भने पारिवारिक समस्याको समाधान मिल्नेछ । परिवारिक सुख बढ्नाले उत्साहको भाव पैदा होला । साथै धनलाभ पनि हुनेछ ।

मिथुन

बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने समय छ । टाढाको यात्राबाट धन प्राप्त हुने देखिन्छ । आवश्यक पर्दा आफन्तजनको सहयोग प्राप्त हुनेछ । आजको दिन अवसर आए पनि विचार गरेर मात्र नयाँ काम सुरु गर्नु उचित होला । कामको सिलसिलामा यात्राको सम्भावना छ । धर्मकर्ममा आकर्षण बढ्ने छ । मिठो भोजन प्राप्त हुनेछ ।

कर्कट

नियमित कर्ममा जाँगर नचल्ने एवम् स्वास्थ्यगत कमजोरीले सताउन सक्ने समय छ । घरायसी समस्याबाट उत्पन्न असन्तुष्टि तथा पीडाले मनमा डेरा जमाउन सक्छ । भौतिक साधनको क्षतिले खर्च बढ्नसक्ने योग छ, सजगता अपनाउनु उचित होला । नयाँ कार्यको कार्यान्वयनमा जोखिम देखिन्छ । सकभर नयाँ कामका योजना थाती राख्नु हितकर हुनेछ ।

सिंह

दिन केही चुनौतीयुक्त नै देखिन्छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । चिताएको काम पुरा नहुन सक्छ । नियमित कर्ममा पनि कठिनाइ सहनुपर्ने देखिन्छ । आजको दिन यातायातका साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । आरोग्यबलका साथै दाम्पत्यसुख बढ्नेछ । रसरागको क्रियाकलापमा सरिक भइएला ।

कन्या

पारिवारिक कार्यमा केही समस्या देखिएपनि आजको दिन आयआर्जनको दृष्टिले सन्तोषजनक रहला । रुचिका विषयमा लगानी बढाउने समय । नसोचेको ठाउँबाट आम्दानी हुने योग छ । सहयोगीहरूले काममा राम्रै साथ दिनेछन् । अनौठो तरिकाबाट सफलता मिल्ने देखिन्छ । प्रेमभाव र सुख बढ्नेछ । यात्रागत कार्य सार्थक रहला ।

तुला

व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा तथा आर्थिक लाभ हुने दिन छ । काममा जोश जाँगर बढ्नाले मन प्रफुल्ल रहला । मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित रहला । पुराना साथीभाइसँग भेट हुनाले आनन्द एवम् प्रेमभाव बढ्नेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । सामाजिक कार्यमा यशवर्चश्व बढ्ने छ ।

वृश्चिक

मिश्रित फलदायी समय छ । पराक्रमका साथै व्यस्तता बढ्नेछ, तर वादविवादमा पर्न सकिने सम्भावना प्रवल रहेकोले संयम र सावधानी अपनाइ व्यवहार गर्नु हितकर हुनेछ । अनायसै रुपैयापैसाको पनि क्षति हुने तथा ब्यर्थको खर्च बढ्नसक्ने देखिन्छ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । परिवारजनमा असमझदारी बढ्न सक्छ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन् ।

धनु

कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्ने समय छ । सामाजिक कार्यमा मानसम्मान पाइएला । नियमित काम तथा नोकरीमा झमेलाको सामना गनुपर्ने योग छ, सजग रहनुहोला । तथापि, प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । मिठो भोजन प्राप्तिले सुख बढाउला ।

मकर

शुभदायी समय छ । सोचेको काम बन्नाले मन हर्षित रहला । घरमा मान्यजनको आगमन हुन सक्छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट तथा रमाइलो गरिएला । मान सम्मान वृद्धिले सुखको अनुभुति हुनेछ । सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइएला । कुनै पनि समस्याको समाधान प्राप्त हुनेछ ।

कुम्भ

सामान्यतया दिन ठिकै छ । नोकरी, समाजसेवा तथा राजनीतिमा गरेका प्रयासहरु फलदायी रहनेछन् । पारिवारिक सुख समृद्धि रहला । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । कुनै नयाँ कामको स्रोत फेलापर्ने योग छ । सामथ्र्य वृद्धि हुनाले जस्तोसुकै काममा सफलता मिल्ने देखिन्छ ।

मीन

आजको दिन सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्य पनि खासै सबल नरहन सक्छ । खानपानमा विशेष सावधानी अपनाउनु हितकर होला । भौतिक साधनको क्षति हुने सम्भावना छ, सजग रहनुहोला । नसोचेको ठाउँमा धन खर्च हुनसक्छ, बेलैमा सजग रहे अनवश्यक खर्च नियन्त्रण गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?