दलित तथा अन्य जीविकोपार्जन प्रवर्द्धनमा विजयनगर गाउँपालिका सामग्री हस्तान्तरण

समाचार सारांश
Auto Generated by AI
  • विजयनगर गाउँपालिकाले दलित र अन्य समुदायका नागरिकलाई परम्परागत व्यवसाय गर्न सामग्री वितरण गरेको छ।
  • परम्परागत पेशाको संरक्षण गर्दै स्थानीयलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले उक्त सहयोग गरिएको हो।
  • गाउँपालिकाले भविष्यमा पनि लक्षित समुदायको आयआर्जन र सीप विकासका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

असार २३ मङ्गलबार प्रकाशित समाचार नेपाल प्रेसखबर लालु चौधरी कपिलवस्तु।

विजयनगर गाउँपालिकाले दलित तथा अन्य समुदायका नागरिकहरूको परम्परागत जीविकोपार्जन व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले लाभग्राहीहरूलाई आवश्यक व्यवसायिक सामग्री हस्तान्तरण गरेको छ।


गाउँपालिकाअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा परम्परागत पेशा तथा व्यवसायमा संलग्न दलित तथा अन्य समुदायका लाभग्राहीलाई विभिन्न व्यवसायिक सामग्री वितरण गरिएको हो।


गाउँपालिकाका अनुसार लाभग्राहीहरूले आफ्नो परम्परागत पेशालाई निरन्तरता दिँदै आर्थिक रूपमा आत्मनिर्भर बन्न सकून् भन्ने उद्देश्यका साथ सामग्री वितरण गरिएको हो। यस कार्यक्रमले स्थानीय स्तरमा रोजगारी सिर्जना, आयआर्जन वृद्धि, परम्परागत सीप तथा व्यवसायको संरक्षण र स्वरोजगार प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।


विजयनगर गाउँपालिकाले लक्षित समुदायको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि आगामी दिनमा पनि यस्ता आयमूलक तथा सीप विकाससम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?