बुटवलमा स्कुटर दुर्घटनामा २ जनाको मृत्यु, एकजना घाइते

तीन जना चढेको स्कुटर दुर्घटना हुँदा बुटवलमा दुईको मृत्यु भएको छ ।पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको लु३४प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भएर पल्टिँदा कपिलवस्तु बाणगंगा नगरपालिका ७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका ११ कालिका नगरकी १८ वर्षीया पूर्णीमा मगरको मृत्यु भएको हो ।मंगलबार साँझ ७ बजेतिर भएको दुर्घटनामा घाइते दुवै युवतीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बुटवल वडा नं १३ मा पर्ने भ्यूटावर नजिकको ओरालोमा स्कुटर सडकबाट ३० मिटर तल खसेको थियो । दुर्घटनामा स्कुटर चालक बाणगंगा ७, बनगाईका सोमन श्रेष्ठ सख्त घाइते भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी निरीक्षक थमन बिसीले जानकारी दिए ।नुवाकोटबाट फर्कने क्रमममा ओभरलोडका कारण नियन्त्रण गर्न नसकी स्कुटर दुर्घटना भएको उनले बताए । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

नुवाकोट-बुटवल सडकको यही स्थानमा पट- पटक दुर्घटना भएर पछिल्ला दुई वर्षमा ६ जनाको मृत्यु भइसकेको छ । यो सडक खण्डमा ट्राफिक प्रहरीको चेकजाँच नहुने भएकाले दुर्घटना दोहोरिएर मानवीय क्षति भइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
विशाल खनाल
लेखकको बारेमा

विशाल खनाल

विशाल खनाल नेपाल प्रेस खबरका संबाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

दैलेखमा ग्यास : भेटियो भण्डार, रोकियो काम

छुटाउनुभयो कि ?