सुन आज तोलामा एकैदिन १३ हजार ४ सय रुपैयाँले घटेको छ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज माघ १९ गते सोमवारका दीन सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घटेको हो।

शुक्रबार प्रतितोला २० हजार ५ सय रूपैयाँ, आइतबार १८ हजार ८ सय र सोमबार १३ हजार ४ सय रूपैयाँ गरी यो ३ दिनमा सुनको भाउ तोलामा ५२ हजार ७ सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।

आइतबार सुन प्रतितोला ३ लाख रूपैयाँमा कारोबार भएको थियो भने सोमबार आज प्रतितोला २ लाख ८६ हजार ६०० रूपैयाँ पुगेको छ।

त्यस्तै गरी आज सोमबार चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ।
आइतबार तोलामा ५ हजार ५ सय रूपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय ५ रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ६ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?