रौतहटमा लगाएको कर्फ्यू हट्यो, वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू

नेपाल प्रेसखबर अर्घाखाँची।

रौतहटमा लगाइएको कर्फ्यू हटाइएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार अस्ति शुक्रवार दिउँसो १ बजेदेखि लागू गरिएको कर्फ्यू आज बिहान १० बजेदेखि हटाइएको हो ।

एक विवाह समारोहमा डिजेका कारण भएको होहल्लाबाट शुरू भएको विवाद दुई समुदायबीच झडपमा परिणत भएपछि प्रशासनले कर्फ्यू लगाएको थियो । आज बिहान त्यहाँ सद्भाव र्यालीसमेत निकालिएको छ । प्रशासनले शान्ति–सुरक्षा कायम राख्न सबैलाई सहयोग गर्न अनुरोध गरेको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू लगाएको छ । हिजो बेलुकी वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, श्रीपुरमा गाडी पार्किङको विषयलाई लिएर दुई समुदायबीच झडप हुँदा केही समयका लागि अवस्था तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले लाठीचार्ज गरी भिड तितरबितर पारेका थिए ।

आज बिहानैदेखि नारा–जुलुस हुन थालेपछि स्थानीय प्रशासनले बिहान पौने १० बजेदेखि कर्फ्यू लगाएको हो । कर्फ्यू लागू गरिएको क्षेत्र पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म तोकिएको छ ।

पर्सा प्रशासनले अफवाहमा नलाग्न र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?