सशस्त्र प्रहरी बल कृष्णानगर द्वारा भन्सार छलि गरेको दुईलाख भन्दा बढीको कपडा बरामद।

सशस्त्र प्रहरी बल कृष्णानगर द्वारा भन्सार छलि गरेको दुईलाख भन्दा बढीको कपडा बरामद। लालु चौधरी -कपिलवस्तु कपिलवस्तु जिल्लाको कृष्णानगरमा रहेको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णानगरले विभिन्न स्थान बाट लाखौंको राजस्व छलिको सामान बरामद गरेको छ।

कृष्णानगरको व्यारिएर चेक पोस्टमा चेक जांच गर्ने क्रममा भारतबाट अबैध रूपमा भन्सार छलि गरि नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीको कमाण्डममा खटिएको टोलीले साडी ९४ थान, पर्दा ४५ थान, मोजा ३४ दर्जन, लेडिज सुट ३४ थान, कुर्ति सेट १५० थान गरि कुल जम्मा दुई लाख ६१ हजार बराबरको कपडा पक्राउ गरेको छ।

पक्राउ गरेको सामान आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय कृष्णानगर पठाइएको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?