रास्वपा अर्घाखाँचीद्वारा सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता लिन प्रधानमन्त्रीलाई सामाजिक सञ्जाल बन्द गर्ने सरकारले गरेको निर्णय तत्काल फिर्ता लिन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीका पदाधिकारी तथा कार्यकर्ताले आज जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाउँदै सामाजिक सञ्जाल बन्दको निर्णय अभिव्यक्ति स्वतन्त्रता, सूचना पाउने अधिकार र नागरिकको मौलिक हकमा ठाडो प्रहार भन्दै आपत्ति जनाए छन् ।

ज्ञापनपत्रमा सामाजिक सञ्जाल वर्तमान सूचना–प्रविधि र सञ्चार माध्यमको प्रमुख आधार भएकाले यसलाई नियन्त्रण गर्ने कदम लोकतन्त्रविरुद्धको निर्णय भएको उल्लेख गर्दै।
तत्काल निर्णय फिर्ता लिएर नागरिकलाई स्वतन्त्र रुपमा आफ्नो विचार अभिव्यक्त गर्न
वातावरण बनाउन आग्रह गरिएको छ।
पार्टीले शान्तिपूर्ण आन्दोलन र जनताका आवाजलाई दबाउने कुनै पनि प्रयास सफल नहुने चेतावनी दिंदै जनताका पक्षमा दृढ रहने भन्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत प्रधानमन्त्रीलाई प्रतिबद्धता पनि जनाएको छ।


