काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आसाम स्टेट टिमसँग हुने पाँच खेलको टी–२० सिरिजका लागि नेपाल ए टिमको घोषणा गरेको छ। भारतको गुवाहटीमा आगामी अगस्ट २६ देखि सेप्टेम्बर ३, २०२५ सम्म हुने सिरिजमा अनिल साहको कप्तानीमा १६ सदस्यीय नेपाली ए टिम चयन गरिएको क्यानले जनाएको छ।
क्यानका अनुसार नेपाल ए टिममा कप्तान अनिल साहसहित अर्जुन घर्ती, ईशान पाण्डे, देव खनाल, तृत राज दास, सन्दीप जोरा, पवन सराफ, मोहम्मद आदील आलम अन्सारी, बसिर अहमद, शेर मल्ल, आकाश चन्द, युवराज खत्री, सुभ कन्साकर, विवेक कुमार यादव, कमल सिंह ऐरी र सागर ढकाल रहेका छन्।
यसअघि नेपाल ए टिमले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा बलियो प्रदर्शन गर्दै आएको छ। आसाम स्टेट टिमसँगको यो पाँच खेलको टी–२० सिरिजलाई युवा खेलाडीहरूको क्षमता परीक्षण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ।


