​लमहीमा साहित्यकारहरूको जमघट: रचना वाचनसँगै नयाँ वर्षको स्वागत​​


२९ चैत्र २०८२ आइतबार ,
तेजप्रसाद खनाल ​लमही, दाङ।
दाङको लमहीमा रचना वाचन तथा नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। स्वतन्त्र साहित्य पुञ्ज नेपाल र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो।
​साहित्यकार गंगानाथ कोइरालाको प्रमुख आतिथ्यता तथा स्वतन्त्र साहित्य पुञ्ज नेपालकी अध्यक्ष भावना न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष तेजप्रसाद खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वक्ताहरूले नेपाली साहित्यको उत्थान र मौलिक सिर्जनाको महत्त्वबारे चर्चा गर्नुभएको थियो।
कार्यक्रममा भावना न्यौपाने, तेजप्रसाद खनाल, र सक्सेस खनाल लगायतका स्रष्टाहरूले समसामयिक विषयमा आधारित आ-आफ्ना रचनाहरू वाचन गर्नुभएको थियो। कार्यक्रममा साहित्यकार तथा कलाकार नारायण योगी, बालमुकुन्द आचार्य, बगार बाबा प्राविधिक शिक्षालयका सञ्चालक किरण चौधरी, र दिलीप कुमार यादव लगायत विभिन्न साहित्यिक व्यक्तित्व तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।
​छविलाल कोपिलाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमले स्थानीय साहित्य अनुरागीहरू माझ नयाँ ऊर्जा थपेको सहभागीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?