नेपाल प्रेसखबर अर्घाखाँची
आर्थिक गणना २०७९ अन्तर्गत अर्घाखाँची जिल्लामा आगामी २०८३ साल वैशाख २ गतेदेखि असार ७ गतेसम्म आर्थिक गणना सञ्चालन हुने भएको छ।
जिल्ला आर्थिक गणना कार्यालय अर्घाखाँचीका अनुसार उक्त अवधिमा खटिएका गणकहरू जिल्लाभरका उद्योग, व्यापारिक पसल, सरकारी तथा गैरसरकारी कार्यालय, साथै विभिन्न संघ–संस्थाहरूमा पुगेर तथ्यांक संकलन गर्नेछन्।
कार्यालयले गणनाको क्रममा सम्बन्धित सबै नगर तथा गाउँपालिकावासी, व्यवसायी तथा संस्थाहरूलाई आवश्यक र सही विवरण उपलब्ध गराई सहयोग गरिदिन आग्रह गरेको छ। विश्वसनीय तथ्यांक संकलनका लागि सबैको सहकार्य अपरिहार्य रहने बताइएको छ।
जिल्ला आर्थिक गणना कार्यालय अर्घाखाँचीले आर्थिक अवस्थाको यथार्थ चित्रण गर्न यो गणना महत्वपूर्ण हुने भएकाले सबै पक्षलाई जिम्मेवार ढंगले सहयोग गर्न अपिल गरेको छ।
अर्घाखाँचीमा राष्ट्रिय आर्थिक गणना सुरु हुँदै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)

