रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट ९ कार्टुन मदिरा र चामलसहितका सामान बरामद

सल्यान — रास्वपाको झन्डा राखेर चुनावी प्रचारमा हिँडेको जिपबाट प्रहरीले मदिरा र चामलसहितका सामान बरामद गरेको छ भने दुईजना पक्राउ परेका छन् ।

सोमबार बिहानै सल्यानको बन्गाड कुपिन्डे नगरपालिका-१ सल्लीबजारबाट चालक र जिपमा सवार एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सल्लीबजारबाट सामान लिएर खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिपका चालक सिद्धकुमाख गाउँपालिका-४ बस्ने २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र सामान लिएर जाने ३७ वर्षीय मोहन बीसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

स्रोत कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?