राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)लुम्बिनी प्रदेशले रास्वपाको अभद्र गतिविधि विरुद्ध गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार प्रदेश सचिव राजेन्द्र अधिकारीले विज्ञप्ति जारी गर्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का कार्यकर्ताले तुलसीपुरको विरेन्द्र चोकमा रहेको वीरेन्द्र शाहको शालिकमाथि उभिएर अपमानपूर्ण र अभद्र व्यवहारप्रति घोर भर्त्सना एव खेद प्रकट गरिएको छ ।

कसैको आस्थामा असर पर्ने यस्तो खाले अराजकतापूर्ण व्यवहार सह्य नहुने भन्दै विज्ञप्ती मार्फत चेतावनी समेत दिइएको छ ।उक्त गतिविधिको सम्बन्धमा तत्काल रास्वपाले आफ्नो धारणा स्पष्ट पार्दै माफी माग्न राप्रपाले आग्रह समेत गरेको छ ।
यस्ता घटना फेरी नदोहोरिने प्रतिबद्धता गर्न समेत राप्रपाले भनेको छ ।

निर्वाचनमा मतदाताले निर्धक्क मतदान गर्न सक्ने वातावरण बनाउनु सबै जिम्मेवार पार्टीको दायित्व हुन्छ ।

तसर्थ स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन र अन्य दललाई असर गर्ने कुनै कार्य नगर्न सबै दल तथा व्यक्तिहरूलाई समेत आग्रह गर्दछौँ,प्रदेश सचिव अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

बिहीबार बेलुका रास्वपा सभापति लामिछाने तुलसीपुर आउनेक्रममा भेला भएका रास्वपाका कार्यकर्ताहरुले वीरेन्द्र चोकमा वीरेन्द्रको सालिकमाथि उभिएर अभद्र व्यवहार गरेको घटना सार्वजनिक भएको थियो ।

यस्तैगरी रास्वपाका कार्यकर्ताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली विरुद्ध नाराबाजी गर्दै झण्डा समेत जलाएपछि चौतर्फी विरोध भईरहेको छ ।
नेकपा एमाले र भातृसंगठनहरुले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै दोषीलाई कडा कारवाही गर्न माग गरेका छन् ।

Q

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन

आज मिति २०८३ ज्येष्ठ २४ गते आइतवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

आज मिति २०८३ ज्येष्ठ २३ गते शनिवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा विद्यार्थीको प्रदर्शन

विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णयविरद्ध महासंघ थप आन्दोलित

आज मिति २०८३ ज्येष्ठ २२ गते शुक्रवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

छुटाउनुभयो कि ?