घरबाटै ल्याएको रोटी-तरकारी खाँदै घरदैलोमा भट्ट

कैलाली क्षेत्र नं. ४ चुनावी अभियानका क्रममा नेताहरू गाउँघर पुग्दा “मासुभात मात्र खोज्छन्” भन्ने धारणा सामाजिक सञ्जालमा व्यापक देखिँदै आएको पाइन्थ्यो। तर नेकपा एमालेका उपमहासचिव तथा कैलाली क्षेत्र नं. ४ का उम्मेदवार लेखराज भट्टले भने फरक दृश्य प्रस्तुत गरेका छन्।

घरदैलो अभियानमा निस्किएका भट्टले घरबाटै पकाएर ल्याएको रोटी-तरकारीलाई नास्ताका रूपमा ग्रहण गर्दै विभिन्न गाउँटोलका बासिन्दासँग भेटघाट गरिरहेका छन्। उनले स्थानीय जनतासँग सद्भाव र माया साटासाट गर्नुका साथै उनीहरूका समस्या सुन्दै समाधानका एजेण्डामा केन्द्रित भएर अघि बढिरहेको बताएका छन्।

भेटघाटका क्रममा भट्टले विगतमा आफू निर्वाचित हुँदा भोगेका परिस्थितिहरू, गरेका कामहरू तथा अहिलेको अवस्था बारे पनि मतदातालाई जानकारी गराउँदै आएका छन्। साथै आगामी दिनमा क्षेत्रको विकासका लागि सहयोग गर्न सूर्य चिन्हमा मतदान गरी विजयी गराउन उनले सबैसँग अपिल गरेका छन्।

भट्टका अनुसार ग्रामीण क्षेत्रका नागरिक र युवामा सामाजिक सञ्जालमा देखिने जस्तो व्यवहारभन्दा फरक, संस्कारयुक्त र आत्मीय सम्बन्ध देख्न पाइन्छ। जनतासँगै रहेर उनीहरूको समस्या समाधानलाई मुख्य प्राथमिकतामा राख्दै अभियानलाई तीव्र रूप अगाडि बढाएको पाइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिपक ज्ञवाली
लेखकको बारेमा

दिपक ज्ञवाली

ज्ञवाली नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?