आज भीमा एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ

आज माघ शुक्ल पक्षमा पर्ने भीमा एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। अन्य एकादशीहरू जस्तै भीमा एकादशीलाई पनि पाप हरण गर्ने तथा भोग र मोक्ष दुवै प्रदान गर्ने महत्त्वपूर्ण एकादशीका रूपमा लिइन्छ।कलियुगमा भगवान्को नाम जप्नुलाई नै सबैभन्दा ठूलो यज्ञ मानिन्छ। एकादशीका दिन भगवान् विष्णुको नाम जप तथा आराधना विशेष फलदायी मानिन्छ।🙏🕉️💐🔱

महाभारतकालदेखि नै भीमा एकादशीको विशेष महत्त्व रहेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ। कुन्तीपुत्र भीमले यस दिन व्रत बसेको प्रसङ्गसँगै यस एकादशीको नाम ‘भीमा एकादशी’ रहन गएको विश्वास गरिन्छ।

गरुड पुराणअनुसार भीम अत्यन्त बलवान, मोटा र खन्चुवा स्वभावका थिए, जसका कारण उनले व्रत बस्न सक्लान् भन्नेमा धेरैलाई शंका थियो। तर भीमले ठूलो त्याग र समर्पणका साथ एकादशी व्रत बसेपछि माघ शुक्ल एकादशीको नाम नै भीमा एकादशी भएको बताइन्छ। भीमले एकादशी व्रत बसेकै कारण सबै पितृ ऋणबाट मुक्त भएको पनि मान्यता छ।

धार्मिक मान्यताअनुसार भीमा एकादशीको व्रतले ब्रह्महत्या, सुरापान, सुन चोरी, गुरु-पत्नी गमन जस्ता महापाप नाश गर्ने शक्ति प्राप्त हुन्छ। नैमिषक्षेत्र, कुरुक्षेत्र, प्रभासक्षेत्र, गङ्गा, यमुना लगायत सबै तीर्थहरूको दर्शन गरेसरह पुण्य प्राप्त हुने विश्वास गरिएको छ। कुनै पनि दान, जप, होम तथा अन्य पुण्य कर्मभन्दा भीमा एकादशीको व्रतलाई श्रेष्ठ मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?