गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँहरुमा-मध्यम हिमपात र वर्षाको सम्भावना

देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात भएको छ ।

मंगलबार देशभर साधारणतया बदली रहने छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू~भागका थोरै स्थानहरूमा,मध्यम हिमपात/वर्षा तथा बाँकी तराईका १-२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बागमती ,गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू~भागका १-२ स्थानमा भारी हिमपात/वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

मंगलबार राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भू~भागमा साधारणतया बदली रही तराई भू~भागमा आंशिक बदली रहने छ। गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू~भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू~भागका १-२ स्थानमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ।

बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू~भागका १-२ स्थानमा भारी हिमपात/वर्षाको पनि सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?