भारतको हिमाचलमा ग्यास सिलिण्डर पड्किँदा ९ जना नेपालीको ज्यान गयो

काठमाण्डौ – भारतको हिमाचलमा ग्यास सिलिण्डर पड्किँदा ९ जना नेपालीको ज्यान गएको छ । हिमाचलको सोलन जिल्ला अर्कीमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ का ९ जना नेपालीको ज्यान गएको गाउँपालिकाका सूचना अधिकारी भिमलाल भण्डारीले जानकारी दिनुभयो ।

मृतकहरू स्थानीय धनबहादुर र काशीराम विकका परिवार रहेको उहाँले पुष्टि गर्नुभएको छ । भण्डारीका अनुसार ३३ वर्षीय धनबहादुर विक, उहाँकी श्रीमती ३२ वर्षीया कविता विक, छोरी १६ वर्षीया राधा विक, १० वर्षीया रेणुका विक र राजन विकको ज्यान गएको हो ।

त्यस्तै ४७ वर्षीय काशिरामसहित उहाँको श्रीमती ३२ वर्षीया टीका विक, छोरी १२ वर्षीया अनु विक र छोरा ७ वर्षीय किरण विकको ज्यान गएको वडाध्यक्ष मेघराज बुढाथोकीले निकालेको विज्ञप्तिमा उल्लेख छ । वडाका दुई परिवारका ९ जना सदस्यको ज्यान गएपछि आज वडा नम्बर २ मा शोक बिदा दिइएको छ ।

साथै ज्यान गएका परिवारको शव ल्याउन आवश्यक सम्पूर्ण खर्च पालिकाले नै बेर्होने र काजक्रिया खर्चको व्यवस्था पनि गर्ने पालिकाले निर्णय गरेको छ । भारतीय सञ्चारमाध्यमले हिजो राति ग्यास सिलिण्डर पड्कीएर आगलागी भएको जनाएका छन् । आगलागीबाट १५ वटाभन्दा धेरै पसलमा समेत क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?