नेपाल प्रेस खबर, बुद्धभुमी रुपन्देही:
आज नेपालमा सूर्योदय,बिहान ०६:५१ बजे र सूर्यास्त,साँझ ०५:१४बजे हुनेछ भने चन्द्रोदय,बिहान ०९:४२बजे र चन्द्रास्त,बेलुका ०८:३५बजे हुनेछ।
मेष~ ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
नोकरी वा पेशामा आशावादी भएर कार्य गर्नुहोस् सफलता मिल्नेछ। रोजगारका नयाँ अवसरहरू फेलापर्नेछन्। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ।
वृष ~(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। अवसरवादीहरूले भने मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन्।
मिथुन ~( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आर्थिक पक्षलाई लिएर चिन्ता रहनेछ। कार्यक्षेत्रमा बल भन्दा बुद्धिले काम लिनुहोला सफलता मिल्नेछ। बोलिको विपरीत अर्थ लाग्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोला।
कर्कट ~( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
व्यापार व्यवसायमा लाभ रहनेछ। आय आर्जनका नयाँ स्रोतहरू खुल्नेछन्। दाम्पत्य जीवन सुमधुर रहनेछ। पहिला गरिएको कामको राम्रो प्रतिफल प्राप्त हुनेछ।
सिंह~(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
महत्वकांक्षी योजना पूरा गर्नको लागि संघर्ष गर्नुपर्ला। नोकरी वा पेशामा प्रतिस्पर्धीहरू माथि विजय प्राप्त गर्न सकिनेछ। नयाँ लगानी वा पैसाको लेनदेन गर्दा शुभचिन्तकहरूको सहयोग लिनुहोला।
कन्या ~(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सन्तानको प्रगतिलाई लिएर मन प्रसन्न रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। शैक्षिक क्षेत्र फराकिलो हुनाले विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। प्रेम सम्बन्धमा मधुरता आउनेछ।
तुला~(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। तर केही बाध्यात्मक परिस्थितिले काममा अलमल्याउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ।
वृश्चिक~(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
केही बाध्यात्मक परिस्थितिले काममा अलमल्याउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ भने चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। चिताएको काम बिग्रनाले निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। फजुल खर्च बढ्ने र लेनदेनमा नोक्सान पर्ने समय छ।
धनु~(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
फुर्सद तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन निकै रमाइलो र उत्साहवर्द्धक रहनेछ। परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन्। प्रेमको बन्धन कसिनेछ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। भौतिक सुविधा जुटाउन सकिनेछ।
मकर~(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ।
कुम्भ~(गु, गे, गो, सा, सि, सु, से, सो, द)
ह)
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। रोकिएको काम बन्नाले नयाँ काम थालनी गर्न सकिनेछ।
मीन~(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार र सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
ज्योतिष;
आचार्य पवित्र :९८६७२७८८०२

