कुलमान घिसिङले अवलोकन गरे सिद्धबाबा सुरुङमार्ग र दाउन्ने सडक,निर्धारित समयमै काम सक्न निर्देशन

रुपन्देही । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने र सिद्धबाबा सुरुङमार्गको अवलोकन गर्दै निर्धारित समयमै काम सक्न निर्देशन गरेका छन् ।

आइतबार साँझ उनले सुरुङ मार्गको प्रगतिका बारेमा जानाकारी लिएका हुन् । सुरुङ मार्गको अवलोकन गर्दै उनले प्रगतिका बारेमा चासो राखेका हुन् । आयोजनाका प्रमुख नवराज वास्तोलाका अनुसार मन्त्री घिसिङले द्रुत गतिमा काम अगाडि बढाउन निर्देशन दिएका हुन् ।

सुरुङ मार्ग निर्माणका क्रममा देखिएका समस्याहरु निर्माण कम्पनी तथा आयोजनाले मन्त्री समक्ष राखेका थिए । सुरुङ मार्गको तीन वटै बाईपासको ब्रेक थ्रु गतवर्ष नै भएको थियो ।  तेस्रो र पहिलोको ब्रेक थ्रु अघिल्लो वर्षको भदौ तथा असोजमा भएकोमा दोस्रो बाइपासको ब्रेक थ्रु गतवर्षको पुस ७ गते भएको थियो ।

पहिलो बाइपासको लम्बाई १ सय ५१ मिटर, दोस्रोको १ सय ६१ र तेस्रोको १ सय ३० मिटर लम्बाइ रहेको छ ।  सिद्धार्थ राजमार्ग भएर साना–ठूला दैनिक हजारौं सवारी बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाची, स्याङजा, पोखरा,  बाग्लुङलगायत लुम्बिनी र गण्डकीका पहाडी जिल्लाहरुमा ओहोरदोहोर गर्छन् ।

यसअघि पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डको काम ढिलाई नगरी चाँडो सक्न मन्त्री  घिसिङले निर्देशन दिएका छ्न् । निर्माणाधीन बुटवल नारायणगढ सडक अन्तर्गतको दाउन्ने खण्डको काम जनवरीसम्म काम सक्न उनले निर्देशन दिएका हुन् ।

निर्माण कम्पनीले सो खण्डको कामलाई तीव्रताका साथ अघि बढाउने १० वटा समूह बनाएर जनवरीसम्म एकतर्फी कङ्क्रीटको काम सक्ने गरी निर्माण स्थलमा खटाउने प्रतिबद्धता जनाएको बताउँदै मन्त्री घिसिङले सहज रुपमा यातायात आउजाउ गर्ने वातावरण बनाउन निर्देशन दिए ।

विगतको तुलनामा पछिल्लो समय कामले गति लिए पनि सन्तुष्ट हुने गरी काम नभएको उल्लेख गर्दै मन्त्री घिसिङले सरकारले यो सडकका विषयमा गर्नुपर्ने नीतिगत निर्णयहरू पनि यथाशक्य गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?