महान्यायाधिवक्ता निलम्बन प्रकरण : सुशीला कार्कीको संरक्षणमाथि प्रश्न

काठमाडौँ -१६-१७ वर्षका नाबालिकाहरूलाई बेहोस बनाएर डिम्ब बेचबिखनजस्तो जघन्य अपराधमा मुछिएकाहरूलाई उन्मुक्ति दिएको आरोप लागेका महान्यायाधिवक्तालाई ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ।

यस्तो गम्भीर नैतिक र कानुनी प्रश्न उठिसक्दा पनि सुशीला कार्कीले अझै ती व्यक्तिलाई संरक्षण गरेर राख्नुको कारण के हो ? भन्ने प्रश्न जेन्जी अगुवा रवि किरण हमालले सार्वजनिक रूपमा उठाएका छन्।

यसअघि नै हमालले उक्त प्रकरणमा तत्काल महान्यायाधिवक्तालाई बर्खास्त गर्न माग गरिसकेका थिए ।

उनका अनुसार मानवअधिकार, सुशासन र बाल संरक्षणका मुद्दामा दोहोरो मापदण्ड अपनाइएको आशंका बढ्दो छ।

उक्त घटनाक्रमले राज्यका उच्च निकायभित्रको जवाफदेहिता, नैतिकता र कानूनको शासनमाथि गम्भीर प्रश्न खडा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?