सुमेरु सहितको तिहारको माला र सुमेरुको अर्थपूर्ण सन्देश ✍️ दुर्गाप्रसाद खनाल

✍️✍️ दुर्गाप्रसाद खनाल २०८२ कार्तिक ५

तिहार हाम्रो देशको सबैभन्दा सुन्दर, रंगीन र आत्मीय पर्व हो। यो पर्वले दाजुभाइ र दिदीबहिनीबीचको अमूल्य सम्बन्धलाई अझ बलियो बनाउँछ। दीप र फूलको उज्यालामा प्रेम, आशीर्वाद र पारिवारिक एकताको सुगन्ध मिसिएको यो पर्वले हाम्रो मनमा शुभताको प्रकाश फैलाउँछ। दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै माला गास्ने, टीका लगाउने र मिठा कुरा खुवाउने परम्परा हाम्रा संस्कारकै गहिरो सौन्दर्य हो।

तर एक कुरा धेरैजसो दिदीबहिनीहरूलाई थाहा नहुन सक्छ —
दाजुभाइका लागि बनाइने त्यो माला गास्दा “सुमेरु” राख्नु किन जरुरी हुन्छ?

सुमेरु भन्नाले माला गास्ने बेला बनाइने मुख्य गाँठो हो, जसले माला कहाँ सुरु भयो र कहाँ अन्त्य भयो भन्ने दिशा देखाउँछ। धर्मशास्त्र अनुसार सुमेरुलाई “जीवनको केन्द्र” र “गुरु–भगवान् प्रतीक” मानिन्छ। जसरी सूर्य सम्पूर्ण ग्रहहरूको केन्द्र हो, त्यसरी नै माला पनि सुमेरुबाट नै दिशा पाउँछ।

हाम्रा धर्मग्रन्थ र पूर्वजहरूले पनि सुमेरुको महत्व गहिरो अर्थमा व्याख्या गरेका छन्।
“मेरुहीनं न धार्यं हि, पशुषु मृतेषु वा।”
अर्थात् — सुमेरु नभएको माला मात्र मृतक वा पशुका लागि उपयुक्त हुन्छ।

यसको अर्थ के हो भने, जब मालामा सुमेरु हुँदैन, त्यो माला दिशाहीन र चेतनाविहीन हुन्छ।
जसरी शरीर बिना आत्मा निष्प्राण हुन्छ, त्यस्तै सुमेरु बिना माला पनि जीवनरहित प्रतीक बन्छ। त्यसैले, दाजुभाइलाई माला गास्दा सधैं सुमेरु भएको माला प्रयोग गर्नुपर्छ।

प्रिय दिदीबहिनीहरू,
तपाईंले बनाउने माला केवल फूलको मात्र होइन, मायाको माला हो।
त्यो माला लगाउँदा तपाईं दाजुभाइको जीवनमा आशिर्वाद, ऊर्जा र उज्यालो फैलाउनुहुन्छ।
त्यसैले, माला गास्दा सधैं एउटा मुख्य गाँठो सुमेरु राख्न नबिर्सनुहोस्।
त्यो सानो गाँठोले ठुलो अर्थ बोकेको हुन्छ
त्यो प्रेमको स्थायित्व, सम्बन्धको मर्यादा र जीवनको शुभ चिन्तनको प्रतीक हो।
सुमेरु सहितको माला बनाऔं
जीवन र सम्बन्धमा शुभताको प्रकाश फैलाऔं।
दाजुभाइ र दिदीबहिनीबीचको प्रेम सुमेरुजस्तै अटल, स्थिर र उज्यालो रहोस्।
तिहारको हार्दिक शुभकामना!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?