रुपन्देहीमा श्रम संस्कृति पार्टीको संगठन विस्तार, नेसपा छाडेकी पुलामी अध्यक्ष।

१ कात्तिक, बुटवल । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रुपन्देहीमा संगठन विस्तार गरेको छ ।बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीकी केन्द्रीय सदस्यबाट राजीनामा दिएकी बुटवलकी सूशीला पुलामीमगर श्रम संस्कृति पार्टीको जिल्ला अध्यक्ष बनेकी छन् ।उक्त पार्टीको जिल्ला समितिको उपाध्यक्ष केशव न्यौपाने, सचिव सुगम राई, कोषाध्यक्ष शिशिर घर्तिमगर र सहसचिवमा विमला कुँवर चयन भएको सचिव सुगम राईले जानकारी दिए ।

यस्तै उक्त पार्टीको बुटवल उपमहानगर समिति पनि चयन भएको छ । उपमहानगर अध्यक्षमा जेन जी पुस्ताबाट विजय विश्वकर्मा चयन भएको पार्टीले जनाएको छ ।

उपाध्यक्षमा बाघबहादुर बुढा,सचिवमा सुजन कुँवर, कोषाध्यक्षमा विराज श्रेष्ठ र सहसचिवमा शैलेन्द्र सुनार चयन भएका छन् ।

जिल्ला र नगर समितिमा बाँकी पदपूर्ति आवश्यकता अनुसार पछि गरिने उक्त पार्टीका तुलविर दर्लामी मगरले बताए ।

जिल्ला र नगर कार्यसमिति घोषणा सभापछि उनीहरुले बुटवल उपमहानगरपालिका ९ स्थित बसपार्क बाहिर सार्वजनिक स्थलमा सरसफाइ गरेका छन् ।

हर्क साम्पाङले घोषणा गरेको यो पार्टी निर्वाचन आयोगमा दर्ताकै प्रक्रियामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?