पारस खड्काले भने : अब टेस्ट मान्यता पाउने सपना पनि पूरा हुनेछ।

सारांश

नेपाली क्रिकेट टोलीले लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक टी–२० विश्वकपका लागि छनोट भएको छ।

पूर्वकप्तान पारस खड्काले सामाजिक सञ्जालमा ‘हामी हाम्रो तेस्रो विश्वकपतर्फ अघि बढिरहेका छौं’ लेख्दै उत्साह व्यक्त गर्नुभयो।

पारस खड्काले नेपाललाई पूर्ण सदस्य राष्ट्र बन्ने सपना पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो र सबैलाई शुभकामना दिनुभयो।

३० असोज, काठमाडौं । नेपाली क्रिकेट टोली आगामी टी–२० विश्वकपका लागि छनोट भएपछि पूर्वकप्तान एवम् नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सामाजिक सञ्जालमार्फत उत्साह व्यक्त गरेका छन्।फेसबुकमा उनले लेखेका छन्, ‘रातो र चन्द्र–सूर्य । सपना अनि वास्तविकताबीच हामी हाम्रो तेस्रो विश्वकपतर्फ अघि बढिरहेका छौं। नेपाल क्रिकेटसँग जोडिएका सबैलाई बधाई र शुभकामना।’उनले अब नेपाल विस्तारै टेस्ट राष्ट्र बन्ने सपना पूरा हुने विश्वास व्यक्त गरेका छन् ।

‘हामीले देशमा खेलको विकास, प्रेरणा र परिवर्तनको लक्ष्य बोकेका छौं, सबैको एकताले नेपाललाई पूर्ण सदस्य राष्ट्र बन्ने सपना पूरा गर्न मद्दत गर्नेछ’ उनले लेखेका छन् ।‘अहिले हामी इतिहासको मोडमा छौं, जहाँ मैदानभित्र र बाहिर दुवै क्षेत्रमा नेपाल क्रिकेटको भविष्य निर्धारण हुनेछ’ उनले थपे, ‘हरेक बच्चाको हातमा रहेको ब्याट र बल हाम्रो सपना पनि हो।

अब अघि बढौं, नेपाल।’नेपालले पहिलोपटक सन् २०१४ मा पारस खड्काकै नेतृत्वमा टी-२० विश्वकप खेलेको थियो । त्यसबेला नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो ।त्यसपछि नेपालले १० वर्षको प्रतिक्षापछि सन् २०२४ को विश्वकप खेलेको थियो जहाँ समूह चरणमा दक्षिण अफ्रिकाविरुद्ध जितको नजिक पुगेर १ रनले पराजित भएपछि विश्व क्रिकेटको ध्यान तानेको थियो ।नेपालले अब लगातार दोस्रोपटक अनि समग्रमा तेस्रोपटक टी-२० विश्वकप खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?