१)नेपाल प्रहरीका आईजीपीले ९० जना डीएसपीहरूको सरुवा गरेका छन्।
२)इटहरी, बौद्ध, पर्वत, मुगु र स्वयम्भू लगायतका विभिन्न स्थानमा डीएसपीहरूको सरुवा भएको छ।
३)डडेलधुरा, भृकुटीमण्डप, गौशाला, दरबारमार्ग र प्युठानमा पनि डीएसपीहरूको सरुवा गरिएको छ।काठमाडौँ ।
नेपाल प्रहरीका ९० जना डीएसपीहरु सरुवा
नेपाल प्रहरीका ९० जना डीएसपीहरुको सरुवा गरिएको छ । आईजीपी चन्द्रकुवेर खापुङले डीएसपीहरुको सरुवा सम्बन्धी निर्णय गरेका हुन् ।इलाका प्रहरी कार्यालय इटहरीमा सुवास हमाल, प्रहरी वृत्त बौद्धमा सन्तोष रोका, पर्वतमा विजय यादव, मुगुमा रविराज थपलिया र प्रहरी वृत्त स्वयम्भूमा मोहनमणि अधिकारीलाई सरुवा गरिएको छ ।
डडेलधुरामा वरुण सिंह, भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा प्रह्लाद कार्की, प्रहरी वृत्त गौशालामा प्रकाश श्रीमल र दरबारमार्ग वृत्तमा नारायण डाँगीलाई सरुवा गरिएको छ।डडेलधुरामा वरुण सिंह, भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा प्रह्लाद कार्की, प्रहरी वृत्त गौशालामा प्रकाश श्रीमल र दरबारमार्ग वृत्तमा नारायण डाँगीलाई सरुवा गरिएको छ ।
प्युठानमा नरहरि अधिकारीलाई पठाइएको छ भने प्रहरी वृत्त मालिगाउँमा धनबहादुर बोहरालाई पठाइएको छ ।सङ्खुवासभाको इन्चार्जमा कुमारप्रसाद मैनाली र पाँचथरमा अनिश कर्णलाई पठाइएको छ ।










