कोसी,बागमती,कर्णाली र लुम्बिनी प्रदेशका १-२ स्थानमा भारी वर्षाको सम्भावना

मनसुनसँगै स्थानीय वायु पनि सक्रिय भएको कारण देशका सबैजसो ठाउँमा बदली भएर धेरै ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


सुर्खेतको गोठीकाँडा वर्षामापन केन्द्रमा गएराति ठूलो पानी परेको छ । त्यस क्षेत्र भएर बहने स–साना खोलामा आकस्मिक बहाब बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।

काठमाण्डौ उपत्यका र आसपासका जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभाग र लुम्बिनी प्रदेशका तराईका भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन

आज मिति २०८३ ज्येष्ठ २४ गते आइतवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

आज मिति २०८३ ज्येष्ठ २३ गते शनिवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा विद्यार्थीको प्रदर्शन

विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णयविरद्ध महासंघ थप आन्दोलित

आज मिति २०८३ ज्येष्ठ २२ गते शुक्रवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

छुटाउनुभयो कि ?